राजनीति
Aug 16, 2019
पुर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई नेकपाको स्वास्थ्य तथा जनसंख्या बिभाग प्रमुखको जिम्मेवारी, कस्लाई कुन बिभाग ?
रबिनप्रसाद थपलिया । काठमाण्डौं । साउन ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ३२ बिभाग सहित सातै प्रदेशका सह इन्चार्ज र केन्द्रीय कार्यालयका सचिवहरु तोकेको छ । आज बसेको सचिवालय बैठकले पुर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या बिभागको प्रमुखको जिम्मेवारी दिएको छ । धादिङबाट प्रदेशसभा सदस्यमा प्रतिनिधित्व गर्नुभएका पाण्डेको लामो समय देखि स्वास्थ्य क्षेत्रमा अनुभब समेत रहेको छ । 
त्यस्तै स्वास्थ्य तथा जनसंख्या बिभागको उपप्रमुखमा अञ्जना बिसंखेले जिम्मेवारी पाएकी छन् ।




लामो समय देखि चर्चामा रहेको प्रशिक्षण बिभागको जिम्मेवारी उपप्रधानमन्त्री इश्वर पोख्रेलले प्राप्त गरेका छन् । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई पर्यटन विभाग प्रमुखनै बनेका छन् । माधव नेपाल विदेश विभाग प्रमुख भएका छन् भने सुवास नेम्वाङ संसदीय विभाग प्रमुख भएका छन् ।
त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निर्वाचन विभाग प्रमुखको जिम्मेवारीमा पुगेका छन् । त्यस्तै केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो । त्यस्तै सातवटा प्रदेशमा थप दुई(दुईजना सहइन्चार्ज तोकेको छ । यसअघिनै सात प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन(तीनजना सहइन्चार्ज रहनेछन् । बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर,लालबाबु पण्डित लगायतका मन्त्रीले पनि बिभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video