पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
शिक्षा /स्वास्थ्य
Aug 17, 2019
छपन्न विद्यालयमा सुरक्षा योजना
बैतडी, साउन ३२  दशरथचन्द नगरपालिकाका ५६ सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना बनाइएको छ । विभिन्न विपद्बाट बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय सुरक्षा योजना अघि बढाइएको हो । बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २०७५ अनुसार सबै सामुदायिक विद्यालयमा योजना बनाइएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिनुभयो । “यसबाट विपद्बाट बच्नका लागि सहयोग पुग्छ”, उहाँले भन्नुभयो । युनिसेफ नेपालको सहयोगमा भुमेश्वर सामुदायिक विकास सङ्घले दशरथचन्द नगरपालिकाको समन्वयमा सामुदायिक विद्यालयमा उक्त योजना बनाइएको भुमेश्वर सामुदायिक विकास सङ्घका कार्यकारी निर्देशक मोहनसिंह ऐरले बताउनुभयो । बृहत् विद्यालय सुरक्षा परियोजनाअन्तर्गत सामुदायिक विद्यालयमा विद्यालयस्तरीय विपद् व्यवस्थापन समिति गठन, जोखिम नक्साङ्कन र विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयमा बालबालिकालाई विपद्सँग जुध्न विभिन्न सीपसमेत सिकाइएको छ । यसैबीच युनिसेफ नेपालको सहयोगमा सङ्घले सञ्चालनमा ल्याएको बृहत् विद्यालय सुरक्षा परियोजनाको समीक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । दशरथचन्द नगरपालिकामा सम्पन्न कार्यक्रममा परियोजनाले गरेका कामबारे जानकारी गराइएको थियो । परियोजना सञ्चालनमा आएपछि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना निर्माण, विपद् सम्पर्क शिक्षक तोकिएको, विपद् न्यूनीकरणका विषयमा तालीम दिइएको, विद्यालयको जोखिम नक्साङ्कन तयारलगायत काम गरिएको कार्यक्रम संयोजक मदनराज भट्टले बताउनुभयो । कार्यक्रम प्रभावकारी बनाउन दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले आग्रह गर्नुभयो । बैठकमा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको सहभागिता थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video