अपांगता/अल्पसंख्यक
Aug 30, 2015
बोसिया संघमा पुन गोमादेवी पौडेल सर्वसम्मत चयन

काठमाडौ । भदौ १३ । नेपाल बोसिया संघको अध्यक्षमा गोमादेवी पौडेल पुन सर्वसम्मत चयन भएकी छन् । काठमाडौमा आज भाद्र १३ गते आयोजीत साधारण सभाबाट पौडेल सर्वसम्मत चयन भएकी हुन् ।
सर्वसम्मत चयन गरीएका अन्य पदाधीकारीहरुमा कार्यसमितिको उपाध्यक्षमा धुनलाल गैरे, महासचिवमा देवकुमारी पराजुली, सचिवमा दुर्गा मान तामाङ्ग र कोषाध्यक्षमा एलेन पिया रहेका छन् भने सदस्यमा क्रमशः रमला पौडेल, गोमा घिमिरे दवाडी, प्रेमकृष्ण प्रजापति, छुल्टिम ग्याल्जेन शेर्पा रहेका छन् ।
त्यस्तै नवनिर्वाचित कार्यसमितिको आजै पहिलो बैठक बसी शरद भुषाल र शोभा विष्ट खतिवडालाई सदस्यमा मनोनयन गरेको छ ।
बोसीया अपांगता भएका व्यक्तिहरुले खेल्ने एक प्रकारको खेल हो । जापान लगायत विश्वका दर्जनौ देशमा खेलीले यो खेललाई पौडेललेनै नेपालमा भित्रयाएकी हुन् । नेपालमा पनि अपांगता भएका खेलाडीहरु बिच यो खेल लोकप्रीय बन्दै गइरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video