प्रमुख समाचार
Aug 19, 2019
घुस लिएको आरोपमा पक्राउ
काठमाडौँ,  भदौ २ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिने प्रहरी जवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा प्रहरी जवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाई साक्षीका रुपमा राखिएको आयोगले जनाएको छ । प्रहरी जवान बलायर र साउदलाई जनही रु एक÷एक लाख बिगो माग गर्दै आजै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video