रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट  |  आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा  |  विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान  |  अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै रिट निवेदन  |  उपनिर्वाचन २ ०७६ : नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै  |  संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह  |  आज मिति २०७६ कार्तिक २७ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत  |  कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ : काङ्ग्रेस
शिक्षा /स्वास्थ्य
Aug 25, 2019
अस्पतालमा बिरामीको चाप
विराटनगर, भदौ ८ रङ्गेली अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा दैनिक एक सयभन्दा बढीको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका चिकित्सक सुनिल चौधरीका अनुसार अस्पतालमा झाडापखाला, दम, ज्वरो, निमोनियालगायतका बिरामी बढी आउने गरेका छन् । सो अस्पतालले अहिले दाँत सम्बन्धी सेवासमेत शुरु गरेको छ । उक्त सेवा सञ्चालन भएपछि यहाँका बासिन्दा लाभान्वित भएका छन् । “अस्पतालले गर्भवती सम्बन्धी सबै सेवा निःशुल्क उपलब्ध गराएको छ”, चौधरीले भन्नुभयो । गर्भवतीले नियमित जाँच तथा प्रसुती गराउँदा अस्पतालले रु आठ सय तथा रु एक हजार यातायात खर्च दिँदै आएको छ । “गर्भवतीलाई आवश्यक औषधी निःशुल्क दिँदै आएका छौँ”, डा चौधरीले भन्नुभयो । अस्पतालले चौबीसै घण्टा ल्याब सेवा, डिजिटल एक्स–रे सेवाका साथै सर्पदंशको समेत उपचार गर्दै आएको छ । “अस्पतालमा डेङ्गुका बिरामीको पनि उपचार भइरहेको छ”, डा चौधरीले भन्नुभयो । सर्पदंशका बिरामी दैनिक दुईदेखि तीन जनासम्म आउने गरेका छन् । अस्पतालमा अति सघन कक्ष सेवा प्राविधिक अभावका कारण सञ्चालन गर्न सकिएको छैन । “भेन्टिलेटरको सुविधा नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नु परिरहेको छ”, डा चौधरीले भन्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video