पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या  |  अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन  |  सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज बाट सुरु हुदै  |  सशस्त्र प्रहरीको ५८ इन्सपेक्टर पदको प्रारम्भीक स्वास्थ्य परिक्षामा ५७२ उत्रीण, को को भए पास ? ( नामावलीसहित)  |  प्रधामन्त्री ओली र सभापति देउवाबीच छलफल  |  विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव  |  राप्रपा नेपालका केन्द्रीय सदस्य नेपाली काँग्रेसमा प्रवेश  |  आज मिति २०७६ माघ १२ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ
शिक्षा /स्वास्थ्य
Aug 25, 2019
डेङ्गुबाट एकको मृत्यु
चितवन,  भदौ ८ जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो । वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको नाम गोप्य राखिएको छ । सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिनुभयो । जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो छ । उहाँका अनुसार साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५६७ जनाको परीक्षण गरिएकामा २२५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ । तीमध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका रहेको उहाँले जानकारी दिनुभयो । डेङ्गु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सम्पन्न गरी जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको उहाँको भनाइ छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video