प्रदेश नं ५ः संक्रमित भारतबाट, एम्बुलेन्स र आइसोलेशन तयारी  |  क्वारेन्टिन भरिभराउ, संक्रमीत राख्ने ठाँउको अभाब  |  कोरोना संक्रमीत राख्न बनाइएका क्वारेन्टिन झारा टार्ने खालका, विद्यार्थी बस्ने बेञ्च जोडेरै सुत्ने बेड  |  टोखा नगरपालीकामा कोरोना संक्रमीत बस्ने क्षेत्रमा सिल  |  रुकुम घटना, निष्पक्ष छानबिन होस्  |  राष्ट्रिय युवा परिषद्मा पुन : ढुङ्गेल  |  हात्तीको आक्रमणबाट युवकको मृत्यु  |  गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए  |  मिति २०७७ साल जेष्ठ १३ गते मंगलबार, मे २६ तारीख हेरौं राशिफल  |  वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने
अर्थतन्त्र/सेयरबजार
Aug 25, 2019
भीमदत्त नगरपालिकाको आम्दानी दोब्बरले वृद्धि
कञ्चनपुर, भदौ ८ स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ । आव २०७५÷७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व रु ११ करोड ५१ लाख पुगेको छ । स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक आम्दानी रु पाँच करोड थियो । निर्वाचनपछिका दुई वर्षमा आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको हो । नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि दुई वर्षमा नगरपालिकाको रु पाँच करोडको आन्तरिक राजश्व दोब्बर बढीले वृद्धि भएको बताउनुभयो । गत आवको आम्दानीका आधारमा चालू आवमा रु १३ करोड २४ लाख आन्तरिक राजश्व सङ्कलनको लक्ष्य राखिएको छ । पाँचौँ नगरसभाबाट नगरपालिकाले रु एक अर्ब २२ करोडको बजेट पारित गरिएको थियो । गत वर्ष सेवा शुल्कबाट सबैभन्दा बढी रु पाँच करोड ३२ लाख राजश्व सङ्कलन गरिएको छ । सेवा शुल्कबाट रु चार करोड २७ लाख आम्दानीको लक्ष्य राखिएको थियो । रु तीन करोड २६ लाख लक्ष्य राखिएको रोयल्टीबाट रु चार करोड ७७ लाख आम्दानी गरिएको छ । नक्सापासबाट रु एक करोड २० लाख, बहालकर रु ५४ लाख ४७ हजार आम्दानी गरिएको छ । गत वर्ष स्थानीय कर रु दुई करोड ४९ लाख, व्यवसाय कर रु ९२ लाख, सम्पत्ति कर रु ८२ लाख, दस्तुर रु दुई करोड ४५ लाख सङ्कलन गरिएको थियो । नगरपालिका राजश्व परामर्श समितिका संयोजक उपनगरप्रमुख सुशीला चन्द सिंहले नगरपालिकाले राजश्व सुधारका लागि कार्ययोजना निर्माण गरिएको बताउनुभयो । सोहीअनुरुप राजश्व सङ्कलनमा वृद्धि भएको उहाँको भनाइ छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video