प्रमुख समाचार
Aug 25, 2019
‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’ आचार्य
विराटनगर, भदौ ८   नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नागरिक भन्दामाथि कोही पनि नभएकाले पत्रकारको मूल्याङ्कन पाठक, स्रोता र दर्शकले गर्ने बताउनुभएको छ । महासङ्घ मोरङशाखाद्वारा आज यहाँ आयोजित ‘नागरिकको दृष्टिकोणमा मिडिया पृष्ठपोषण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सञ्चारकर्मीले आफूभित्रका कमी कमजोरी सच्चाएर समाजप्रति जवाफदेहि भएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारहरुले राष्ट्रहित, लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव रहनुपर्ने स्पष्ट पार्दै उहाँले सामाजिक सञ्जालको प्रयोग पत्रकार आचारसंहित पालना गर्दै गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले पत्रकारितामा राजनीतिको घुसपैठ हुननहुनेमा जोड दिनुभयो । महासङ्घका प्रदेश अध्यक्ष विक्रम लुइँटेलले पत्रकारितामा अनुशासन कायम गरेमा सही गन्तव्यमा पुग्न सकिने भएकाले यसमा रहको संकिर्ण मानसिकता हटाउनुपर्ने बताउनुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले मिडियालाई नियन्त्रणमा नराखी खुल्ला गर्नुपर्ने बताउँदै सम्मुन्नत मूलुक निर्माणमा यसको भूमिका महत्वपूर्ण रहेकामा जोड दिनुभयो । महासङ्घका जिल्ला अध्यक्ष बन्धु पाखेरेल, महासङ्घका झापा अध्यक्ष तारामणि सापकोटा, नेपाली काङ्ग्रेस मोरङका सचिव नागेश कोइराला, वुद्धिजीवी दिनेश श्रेष्ठलगायतले पत्रकारिता क्षेत्र मर्यादित हुनुका साथै अनलाइन मिडिया व्यवस्थित गर्न नियमन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । महासङ्घ केन्द्रीय समितिले नागरिकका आवश्यक सुझाव तथा धारणा लिन प्रदेश नं १ र २ मा यस प्रकारका गोष्ठी आजदेखि शुरु गरेको कोषाध्यक्ष राजेश मिश्रले बताउनुभयो । –


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video