समाज
Aug 26, 2019
टोखा नगरपालिकाद्वारा १० लाख सहयोग
काठमाडौँ, भदौ  ९  ।  टोखा नगरपालिकाले गरीब, दुःखी र असहाय विद्यार्थीलाई निःशुल्क पढाउनका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका गरीब, दुःखी र असहाय विद्यार्थीको निःशुल्क पठनपाठनका लागि नेपाल स्कुलास्टिक एकेडेमी र निकेतन मेमोरियल स्कुललाई रु पाँच÷पाँच लाख आर्थिक सहयोग गरेको हो । टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र रहेका कोही पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दुई विद्यालयलाई रु पाँच÷पाँच लाख रकम सहयोग गरेको जानकारी दिनुभयो । नगरपालिकाले सबै वडाका गरीब तथा असहाय विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षासमेत सञ्चालन गर्ने जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video