‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Aug 26, 2019
अदालतमा बयान शुरु
चितवन, भदौ ९ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार शुरु भएको छ । आइतबार सोही अभियोगमा पक्राउ पर्नुभएकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको थियो । चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ । त्यसलगत्तै थुनछेक बहस शुरु हुने उहाँले जानकारी दिनुभयो । बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै जाहेरवाला तथा प्रतिवादीका तर्फबाट पाँच÷पाँच वकिलले बहस गर्ने जानकारी प्राप्त भएको र अन्य कानून व्यवसायी पनि थपिन सक्ने श्रेस्तेदार गिरीको भनाइ थियो । बहस सकिएपछि मात्र थुनछेक हुने–नहुने भन्ने आदेश जारी हुने बताइएको छ पक्राउ परेकाहरुको समर्थनमा आइतबार प्रदर्शन भएपछि आज स्थानीय प्रशासनले अदालत र आसपासमा निषेधित क्षेत्र घोषणा गरी पाँच जनाभन्दा बढीलाई हिँडडुल गर्न रोक लगाएको छ । कडा सुरक्षा व्यवस्था हुँदा पनि विभिन्न चोकमा समर्थक जम्मा हुने क्रम शुरु भएको छ । मुलुकी अपराधसंहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीहरु विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो । गत साउन २० गते नारायणगढको एक होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video