प्रमुख समाचार
Aug 26, 2019
सालीकरामको मृत्युबारे चितवन जिल्ला अदालत निष्कर्ष नजिक ! सालीकरामका तर्फबाट बहस गरी र्फकिएका वकिलले गरे यस्तो खुलासा
काठमाण्डौं । भाद्र ९ । सालीकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले औपचारीक रुपमा आत्महत्यानै मानिसकेको पुडासैनीका तर्फबाट बहस गरेका वकिल स्वागत नेपालले दावी गरेका छन् । पुडासैनीको तर्फबाट बहस गरेर र्फकिएपछि नेपालले केहिबेर अघि आफनो फेसबुक मार्फमत पुडासैनीको हत्या नभई आत्महत्या भएको निष्कर्षमा अदालत पुगेको बताएका छन् । 
नेपालले फेसबुकमा लेख्छन“पुडासैनी प्रकरणमा आजदेखि हत्या कि आत्महत्या भन्ने प्रश्न अन्त्य भएको छ, अदालतले पनि औपचारिक रुपमा आत्महत्या नै मानिसकेको छ । आफ्नो वहसको निष्कर्श अदालतबाट स्वीकार भएर अब हत्या होइन आत्महत्या हो भन्ने पुष्टि गर्न बहस नै जरुरि नभएकोमा अदालत प्रष्ट भइसकेको श्रीमानबाट निर्देश भएपछि म बहस सकेर निस्किएको छु, बाँकी केही समयपछि आदेश आउनेछ तर त्यो अन्तिम भने हुने छैन..”
दुर्व तर्फबाट बहस सक्किएपछि जिल्ला अदालतले पक्राउ परेका सञ्चारकर्मी रबि लामिछाने, युवराज कंडेल र अस्मीता कार्कीलाई पुर्पक्षमा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारीखमा रिहा गर्ने भन्ने फैसला गर्ने छ ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video