प्रमुख समाचार
Aug 27, 2019
कर्णाली राजमार्ग अवरुद्ध
मान्म, भदौ १०   तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । “अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “ आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ ।” –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video