प्रमुख समाचार
Aug 28, 2019
नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध
काठमाडौँ, भदौ  ११ नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले आज न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनासँगै द्विपक्षीय र बहुपक्षीय मामिलामा साझेदारी गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेसलाई दुवै देशका राजदूतले आजै दिनुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video