बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक
प्रमुख समाचार
Aug 28, 2019
प्रमुखसँग मात्रै सूचना
काभ्रेपलाञ्चोक, भदौ ११ जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालय प्रमुखसँग मात्रै कार्यालयका सूचना रहने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मङ्गलबार सूचना अधिकारीको बैठकमा अधिकांश सूचना अधिकारीले यस्तो गुनासो गरेका हुन् । “सूचना अधिकारीलाई कार्यालयका गतिविधिसम्बन्धी सूचना नै हुँदैन, सबै विषयमा नगरप्रमुख र लेखाप्रमुखलाई मात्रै थाहा हुन्छ”, बनेपा नगरपालिकाका सूचना अधिकारी श्यामकृष्ण त्रिपाठीले भन्नुभयो । उहाँले ‘सूचनाको हक’ प्रयोग गरी सूचना माग्नेले सूचना दिने प्रक्रियामा लाग्ने दस्तुर तिर्नुपर्ने थाहा पाएपछि लिन नचाहेको बताउनुभयो । पनौती नपाका प्रमुख प्रशासकीय अधिकृत एवं सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीले सूचना अधिकारीलाई सबै सूचना थाहा नहुने गुनासो गर्नुभयो । “कसैले सूचना माग्दा ठ्याक्कै दिन नसक्ने अवस्था धेरैपटक भयो, नगरप्रमुख तथा कार्यालयका सम्बन्धित विषयका ज्ञातासँग सोधेर दिनुपर्ने बाध्यता हुँदोरहेछ”, उहाँले भन्नुभयो । केहीले कार्यालयसँग लिखित रुपमा सूचना मागेर लिन नआएको अधिकारीले बताउनुभयो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी राजकुमार हुमागाईंले पनि आफूसँग कार्यालयको सूचना नहुने र अन्य कार्यालयका सूचना अधिकारीले पनि आफूसँग यस्तै गुनासो गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचनासम्बन्धी कुराकानी हुँदा सरकारी कार्यालयका सूचना अधिकारीले आफूसँग कार्यालयको सूचना नहुने निकै गुनासो गर्नुहुन्छ ।” उहाँले केही कर्मचारीलाई कार्यालयमा दोहोरो जिम्मेवारीले गर्दा सूचनासम्बन्धी ध्यान नपुग्ने गरेको पनि अनुभव सुनाउनुभयो । जिल्लास्थित १३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका सूचना अधिकारीले प्रमुख तथा अन्य जनप्रतिनिधिले सूचना नदिने गुनासो गनुभयो । सरकारी कर्यालय तथा स्थानीय तहका सूचना अधिकारी सम्मिलित बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ‘सूचना अधिकारीलाई कार्यालयको सूचना नहुने’लाई हात उठाउन लगाउँदा आधाभन्दा बढी सूचना अधिकारीले हात उठाएपछि केहीबेर हाँसो पनि चलेको थियो । प्रजिअ रानाले व्यङ्यात्मक शैलीमा भन्नुभयो, “सूचना अधिकारीसँगै सूचना छैन, प्रमुखसँग मात्रै सूचना !” प्रजिअ रानाले सूचना अधिकारीलाई दिन मिल्ने तथा नमिल्ने सूचनाबारे जानकारी लिन सूचनाको हक ऐन–२०६४ बारे जानकार बन्न, सूचना अधिकारीले सूचना दिनसक्ने बन्न, आधाभन्दा बढी कार्यालयमा सूचना अधिकारीको बोर्ड नभएको देखिएपछि सूचना अधिकारी बोर्ड तत्काल राख्न, वेवसाइट बनाएर कार्यालयका गतिविधि अद्यावधि गर्न र उजुरी पेटिका राख्न निर्देशन दिनुभएको छ । जिल्लास्थित सूचना अधिकारीको बैठक प्रत्येक चौमासिकमा हुँदै आएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video