बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक
प्रमुख समाचार
Aug 28, 2019
‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’
अत्तरिया, भदौ  ११ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताउनुभएको छ । नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले गाउँ÷नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताउनुभयो । केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उहाँले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने जानकारी गराउनुभयो । गाउँ÷नगर कमिटी एकीकरणपश्चात पार्टी सुदृढ हुने उहाँको भनाइ थियो । गाउँपालिका र नगरपालिकामा पार्टी एकीकरण गरी स्थानीय तहमा भइरहेका विकास निर्माणका काम प्रभावकारी हुने नेता रावलले बताउनुभयो । फरक प्रसङ्गमा कुरा गर्दै उहाँले टिकापुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको भएको टिप्पणी गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video