पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या  |  अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन  |  सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज बाट सुरु हुदै  |  सशस्त्र प्रहरीको ५८ इन्सपेक्टर पदको प्रारम्भीक स्वास्थ्य परिक्षामा ५७२ उत्रीण, को को भए पास ? ( नामावलीसहित)  |  प्रधामन्त्री ओली र सभापति देउवाबीच छलफल  |  विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव  |  राप्रपा नेपालका केन्द्रीय सदस्य नेपाली काँग्रेसमा प्रवेश  |  आज मिति २०७६ माघ १२ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ
मनाेरञ्जन/रोचक
Aug 29, 2019
मिस नेपाल कर्भीको आज ग्राण्ड फाइनल हुंदै, प्रतियोगिता हेर्न जाने होइन त छाँया सेन्टरमा ?
रबिन थपलिया । काठमाण्डौं । भाद्र १२ । नेपालमानै पहिलोपटक हुनलागेको मिस नेपाल कर्भीको आज ग्राण्ड फाइनल हुंदै छ । 
फरीया सेन्टर प्रा.लिको आयोजनामा आज साँझ ४ बजे ठमेलको छाँया सेन्टरमा हुने ग्रान्ड फाइनलमा अन्तीम छनौटमा परेका ३० प्रतियोगिहरु बिच प्रतिष्पर्धा हुने मिस नेपाल कर्भीकी कार्यक्रम संयोजक सन्ध्या केसीले बताउनुभयो । 
मिस नेपाल कर्भीको लागि नेपालका बिभिन्न शहरहरुमा अडिसनहरु भएका थिए ति अडिसनबाट छनौटभएका ३० प्रतियोगि बिच आज फाइनल प्रतिष्पर्धा हुन लागेको हो । फाइनल प्रतियोगितामा सहभागी ३० प्रतियोगि मध्य ५ जनालाई एम एस नेपाल युनिर्भस,एम एस नेपाल वल्ड, एम एस नेपाल इन्टरनेश्नल, मिसनेपाल सुपरनेश्नल र मिस नेपाल वल्डको बिजेता बन्ने छन् । प्रतियोगितामा बिजेतालाई नेपालका बिभिन्न सहरहरुमा टुर देखि भारत र विश्व भ्रमणको टुर समेत प्रदान गरिने आयोजकले बताएको छ । 
ग्राण्ड फाइनलको नायीका केकी अधिकारी, तेश्रोलिङी समलिङगी अभियानकर्मी भुमिका श्रेष्ठ, मिस नेपाल युनिर्भसल २०१८ मनिता देवकोटाले जर्ज गर्नेछन् भने चर्चीत कार्यक्रम प्रस्तोता निष्मा ढुंगाना चौधरीले फाइनल प्रतियोगिताको सञ्चालन गर्नुहुने छ ।त्यस्तै कार्यक्रममा प्रतियोगिहरु बिचको प्रतिष्पर्धासंगै जुम्बा नृत्य सहित बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् ।  
ग्राण्ड फाइनल प्रतियोगितामा टिकेट बिक्रीबापत प्राप्त हुने रकम मध्य ७५ प्रतिशत रकमबाट सातै प्रदेशका एक एक विद्यालय छनौट गरी आवश्यकता हेरी त्यहाँका विद्यार्थी युवतीहरुलाई पुन प्रयोग गर्न सकिने खालको सेनेटर प्याड निशुल्क बितरण गरिने आयोजकहरुको योजना रहेको छ । 
मिस कर्भीको अन्तिम छनौटमा परेका प्रतियोगिहरुलाई साउन ३१ गते शुक्रबार देखि १५ दिन सम्म क्लोज क्याम्प समेत गिरीएको संयोजक केसीले जानकारी दिनुभयो । मिस नेपाल कर्भीमा १८ बर्ष देखि ४७ बर्ष सम्मका महिला तथा युवतीहरुको सहभागीता रहेको छ ।  

महिलाहरुको क्षमतालाई बाहिरी सौन्दर्यतामा जोडेर दजैनौ सौन्दर्य प्रतियोगिता भएपनि नेपालमानै पहिलो पटक महिलाहरुको भित्री प्रतिभा र क्षमतामा बृद्धि गराँउदै भविश्यमा परिवार, समाज र देशमानै सन्देश प्रवाह गर्ने हौसला प्रदान गर्न प्रतियोगिता आयोजना भएको मिस नेपाल कर्भीकी कार्यक्रम निर्देशक नेहा गिरीले बताउनुभयो ।  गिरीले भन्नुभयो “उमेर ढल्कदैमा, मोटोपन हुंदैमा, बाहिरी सौन्दर्य एकनास नहुंदैमा कोही कम्जोर हुंदैन । त्यसैले अव सवै महिला उद्यमसील र सामाजिक बन्नु पर्दछ भन्ने हेतुले प्रतियोगिता सञ्चालन गरिएको हो । 
 
  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video