‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Aug 29, 2019
पहिरोपीडितलाई आर्थिक सहयोग
दोलखा, भदौ १२ जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया, जापान र दुबईमा रहेका दोलखाली युवाहरुले पहिरोपीडितका लागि आर्थिक सहयोग गरेका हुन् । दोलखा समाज जापानका महासचिव रोशन थापाको अगुवाइमा सङ्कलन भएको रु एक लाख, अष्ट्रेलियामा रहेका जिल्लाका युवा राजकुमार खड्का र विष्णु थापाको पहलमा सङ्कलन भएको रु एक लाख २७ हजार ३३० र दोलखाली समाज युएईका अध्यक्ष नवराज बस्नेत र महासचिव सन्तोष भुजेलको अगुवाइमा सङ्कलन भएको रु ४१ हजार ५९२ र सोही समाजका सचिव लोकप्रसाद दाहालको अगुवाइमा सङ्कलन भएको रु २७ हजार ५०५ गरी रु दुई लाख ९६ हजार ४२२ पहिरोपीडितलाई सहयोग गरेको दोलखा समाज जापानका महासचिव रोशन थापाका दाजु राजेश थापाले जानकारी दिनुभयो । बुधबार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच सहयोगवापत प्राप्त रकम गाउँपालिकाकी उपाअध्यक्ष उर्मिला थामीलाई हस्तान्तरण गरिएको थियो । रकम पहिरोपीडितको राहत र पुनःनिर्माणका लागि राहत कोषमा जम्मा गरिने उपाअध्यक्ष थामीले जानकारी दिनुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाकी इन्चार्ज देवी खड्का र प्रदेशसभा सदस्य विशाल खड्काको उपस्थितिमा रकम हस्तान्तरण गएिको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video