‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Aug 30, 2019
सरकारले जनताको चाहना पूरा गरेरै छाड्छ ः मन्त्री विष्ट
रामेछाप, भदौ १३ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकमा कम्युनिष्ट पार्टीको एकता भएको र उसको नेतृत्वमा सरकार चलेको देख्न नचाहनेले कुनै न कुनै रुपमा विरोध गर्न खोजे पनि आफूहरुले चुनावको समयमा जनताका सामु गरेका वाचा पूरा गरेरै छाड्ने बताउनुभएको छ । जिल्लास्तरका अगुवा कार्यकर्तासँग आज मन्थलीमा भएको अन्तक्र्रियामा मन्त्री विष्टले मुलुक लामो समयदेखिको विकासबाट वञ्चित तथा बेथितीबाट ग्रसित रहेकाले रातारात परिवर्तन र विकास नदेखिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले जनतामा परिणाम दिने गरी काम गरिरहेको छ । हामी आगामी निर्वाचनसम्ममा गत निर्वाचनमा हामीले गरेका वाचा पूरा ग¥यौँ भनेर बुँदागत रुपमा राख्न सक्ने गरी काम गरिरहेका छौँ ।” कार्यकर्तालाई जनताका बीचमा गएर सरकारले चुनावी प्रतिवद्धता पूरा गर्ने सन्देश लैजान मन्त्री विष्टले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको मन खुम्च्याउन नपाउने र कार्यकर्ताको शीर नझुक्ने गरी सरकारले काम गर्नेछ । यो सरकारले देश र जनताको अहितमा कुनै काम गरेको छैन । गर्दैन पनि ।” अन्तक्र्रियामा नेकपाका जिल्ला नेताहरु आनन्द श्रेष्ठ, प्रकाश कार्की, नगरपालिकाका उपप्रमुख माया कार्कीलगायत सहभागी हुनुहुन्थ्यो । मन्त्री विष्टले जिल्लास्थित प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग पनि छलफल गर्नुभएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video