राजनीति
Aug 30, 2019
अनेरास्ववियुका पदाधिकारीकोे पदभार
काठमाडौँ, भदौ १३ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ्ले आज पदभार ग्रहण गर्नुभएको छ । बागबजारस्थित कार्यालयमा आज कार्यक्रम गरी अनेरास्ववियूका इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोढ ढकालले दुबै जनालाई पदभार ग्रहण गराउनुभएको हो । इन्चार्ज शाक्यले भदौ महिनाभित्र अनेरास्ववियूका सबै कमिटीको एकता गर्ने गरी काम अगाडि बढाइने बताउनुभयो । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकता भई बनेको अनेरास्ववियुको आजैदेखि कार्यालय सञ्चालनमा आएको छ । कार्यक्रममा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे, रामकुमारी झाक्री, माधव ढुङ्गेल, नविना लामा तथा क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने र रमेश मल्ल सहभागी थिए । एकतापछि अनेरास्ववियूमा २५१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरिएको छ । अनेरास्ववियूमा संयोजक र सहसंयोजक चयन गरे पनि अन्य एकताको काम बाँकी नै छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video