प्रमुख समाचार
Aug 31, 2019
गाई मारेको आरोपमा पक्राउ
भक्तपुर, भदौ १४  गाई मारेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । गाई फार्मभित्र पसेर गाई मारेको आरोपमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरी महादेवस्थानबाट २५ वर्षीय चिरन पुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । खरिपाटी प्रहरी प्रभागको टोलीले उनलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी पुरीले गाईलाई दाउराको चिर्पट र कोदालोले हानेर मारेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video