‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Aug 31, 2019
जिल्लास्तरीय पर्यटन प्रवद्र्धन उपसमिति गठन
पर्वत भदौ १४ गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०१९ देखि २०२२ सम्मलाई सफल बनाउन जिल्लास्तरीय पर्यटन प्रवद्र्धन उपसमिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहरवी पौडेलको अध्यक्षतामा नौ सदस्यीय पर्यटन प्रवद्र्धन उपसमिति गठन गरिएको हो । उपसमितिका सदस्यमा जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमारी राना, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा, जिल्ला समन्वय अधिकारी चिरञ्जीवी सापकोटा, होटल व्यावसायी कृष्णप्रसाद श्रेष्ठ, धार्मिक एवं पर्यटन सङ्घ संस्थाका तर्फबाट पृथ्वीनारायण शर्मा, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष दुर्गाप्रसाद शर्मा र घरबास सञ्चालकका तर्फबाट पञ्चकोशी होमस्टेका सुशीलादेवी गुरुङ रहनुभएको छ । यसअघि आयोजित शुक्रबार आयोजित कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण पर्यटनको विकासबाट प्रदेशका समृद्धि हासिल गर्न सकिने गरी कार्ययोजना बनिरहेको बताउनुभयो । उहाँले आगामी तीन वर्षलाई तीन चरणमा विभाजन गरेर बढीभन्दा बढी पर्यटक प्रदेशमा भित्र्याउने योजना रहेको बतउनुभयो । उहाँले सन् २०१९ मा १५ लाख र सन् २०२२ सम्म २० लाख पर्यटक प्रदेशमा भित्र्याउने गरी कार्यक्रम लागू गरिएको बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video