प्रवासी खबर
Aug 31, 2019
पारिवारीक समाजको आयोजनामा साउदीमा तिज विशेष कार्यक्रम सम्पन्न
अभिषेक खरेल । साउदी अरेवीया । हिन्दु नेपाली नारीहरुको पर्व हरितालीका तिजको अवसरमा पारिवारिक समाज नेपाल साउदी अरेबीयाले भेटधाट तथा तीज कार्यक्रम आयोजना गरेको छ । २९ अगस्त बिहीवारको बेलुका रियादस्थित एक कार्यक्रम हलमा भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको हो । 
रोजगारी तथा साउदी अरेवीया स्थायी रुपमा बसोबास गदै आउनुभएका नेपाली चेलीबेटीहरुलार्ई सम्मान स्वरुप हरेक बर्ष जस्तै यो बर्ष पनि तीज कार्यक्रम आयोजना गरिएको पारिवारीक समाज नेपालका अध्यक्ष अमृत पौडेलले सगरमाथा पोष्टलाई जानकारी गराउनुभयो । 
साउदी स्थित नेपाली स्थानीय कलाकारहरुको  पनि प्रस्तुति रहने उक्त कार्यक्रमको प्रायोजन सिटी एक्सप्रेस मनी ट्रान्सफर (टेलीमनी),सगरमाथा कार्गो,स्टार ट्रान्सपोर्ट ,फ्रेण्डी मोबाईल र अलमराई कम्पनिहरु रहेको पौडेलले जानकारी दिनुभयो । 
कार्यक्रममा पारिवारिक समाजका प्रवक्ता तथा सिटी एक्सप्रेस मनीट्रान्सफर (टेलीमनी बैक साउदी)का रेमिट्यान्स मेनेजर जीतेन्द्र  थपलियाले सिटी एक्सप्रेस रेमिट्यान्सको सेवाहरुको बारेमा जानकारी दिदै साउदी अरबमा रहेका सम्पूर्ण नेपालीदाजु भाई दिदी बहिनीहरुबाट प्राप्त मायाँ र सहयोगको कम्पनी ऋणी रहेको बताउनुभयो । साथै थपलियाले रेमिटेन्सको भिडमा सिटी एक्सप्रेस (टेलीमनी) जिम्मेवार रेमिटेन्स रहेको बताँउदै रेमिटेन्सबारेमा समस्या परेको खण्डमा टेलीमनीका शाखाहरुका प्रतिनिधीहरुसंग जानकारी लिन समेत आग्रह गर्नुभयो ।  
“निस्वार्थी भावना, हाम्रो चाहना, उपकारी कर्म, समाजको धर्म” भन्ने मुल नाराको साथ साउदी अरेबीयामा स्थापना भएको परिवारिक समाज नेपालले सामाजीक, संस्कृतिक र परोपकारी काममा महत्वपुर्ण योगदान दिएको छ । पारिवारिक समाज नेपालले सिटी एक्सप्रेससंगको सहकार्यमा केहिबर्ष अगाडी धुर्मुस–सुन्तली फाउण्डेसनको सहयोगार्थ भव्य कार्यक्रम गरेर आर्थिक सहयोग समेत जुटाएको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video