‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Sep 01, 2019
राससकर्मी सम्मानित
गलेश्वर,  भदौ १५ म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले राष्ट्रिय समाचार समिति राससका तीन जना म्याग्दी संवाददातालाई सम्मान गरेको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सम्पन्न संस्थाको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा रासस गलेश्वर (म्याग्दी) संवाददाता धु्रवसागर शर्मा, बेनी (म्याग्दी) संवाददाता कमल खत्री र (म्याग्दी) का सन्तोष गौतमसहित जिल्लाका सक्रिय पत्रकार र आफ्नो कलेजो काटेर दिइ नौ महीने बालिका सियाना रन्तिजालाई बचाएका म्याग्दीका दानवीर चन्द्रकुमार केसीलाई सम्मान गरिएको हो । दिन जान्यो, बाँच्न जान्यो भन्ने पवित्र मूलमन्त्रसहित म्याग्दी जिल्लाको परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषले आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीलाई आर्थिक सहयोग गर्दै आएको छ । विसं २०७१ मा हाइपोप्लाष्टिक एनिमिया रोगबाट ग्रस्त ओमकुमारी पुन (शान्ति) को उपचारमा आर्थिक सहयोग जुटाउने उद्देश्यले स्थापना भएको यस संस्थाले हालसम्म ९३ जना बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले आर्थिक अभावका कारण कसैले पनि अकालमा नै मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले बिरामीलाई सहयोग गर्न डेढ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ । अभियानमा हालसम्म करीब एक करोड रुपैयाँ सङ्कलन भएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन सांसद भुपेन्द्रबहादुर थापाले गर्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video