प्रमुख समाचार
Sep 01, 2019
सदस्य सचिव सिलवाल सहारा एकेडेमीमा
कास्की, भदौ  १५ राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा महानगरपालिका–१७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गर्नुभएको छ । सहारा क्लब पोखराले सञ्चालन गरेको सो एकेडेमीको निरीक्षणका क्रममा उहाँले एकेडेमीको विकासका लागि परिषद्बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एकेडेमीमा रहेका बालकको उच्च शिक्षाको अध्ययनको लागिसमेत आवश्यक सहयोग गर्ने सिलवालले प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा उहाँले एकेडेमीको भौतिक पूर्वाधार लगायतका बारेमा जानकारी लिनुभएको थियो । करीब २६ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमीमा हाल १६ जिल्लाका २४ बालक आश्रित छन् । सदस्य सचिव सिलवालले सहारा एकेडेमीको खेल मैदान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को प्रशिक्षणका लागि उपयुक्त रहेको बताउनुभयो । एकेडेमीको मैदान साग महिला फुटबलको अभ्यासका उपयुक्त रहेको उहाँको भनाइ थियो । सहारा क्लबको प्रयासलाई सफल पार्न आग्रह गर्दै उहाँले भन्नुभयो, “सहारा एकेडेमीको बारेमा सञ्चार माध्यमबाट जान्ने अवसर पाएको थिएँ, आज एकेडेमीमा आउँदा मेरो इच्छा पूरा भएको छ । एकेडेमीको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौँ ।” सहराका अध्यक्ष केशवबहादुर थापाले सदस्य सचिव लगायतलाई एकेडेमीको अवस्था बारेमा जानकारी गराउनुभएको थियो । राखेपका सदस्य राजेशकुमार गुुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा युकेका सल्लाहकार महेश गुरुङ, मुच्छेत्र गुरुङलगायत सहभागि हुनुहुन्थ्यो । ह्याण्डबल खेलाडी छनोट आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत ह्याण्डबल खेलका लागि पहिलो चरणमा खेलाडी छनोट गरिएको छ । एक महिनादेखि पोखरमा बन्द प्रशिक्षणमा रहेका २८ पुरुष र २८ महिलामध्ये २२÷२२ खेलाडी छनोट गरिएको हो । मुख्य प्रशिक्षक तथा राखेप तालीम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमाल दाहालका अनुसार तीन दिनपछि खेलाडीको नामवली प्रकाशित गरिने छ । छनोट समितिमा राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, तालीम तथा प्रशिक्षण विभागका उपनिर्देशक दाहाल, सङ्घका उपाध्यक्ष जीवन बस्नेत, सचिव केशव पाठक तथा प्रशिक्षकद्वय अरुणलाल कर्ण र कृष्ण केसी रहनुभएकको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video