‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Sep 01, 2019
रबि लामिछानेको कार्यक्रमको प्रभाब : ‘मिटर ब्याज’ लगानी गरी सर्वसाधारणलाई घरबहार विहिन बनाउने सर्लाहीका परदेशी पक्राउ
काठमाण्डौं । सयौं मान्छेलाई ‘मिटर ब्याज’ लगानी गरी पाँचौं गुना ब्याज असुल्ने सर्लाहीका ‘मिटरब्याजी’ ‘परदेशी’ भनिने श्यामकृष्ण साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
सर्लाही मलंगवा नगरपालिका(१० घर भएका साहलाई उनकै निवासबाट प्रहरीले आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।सर्लाही लालबन्दी नगरपालिका(४ की रुकमिडी चौधरीसमेतको जाहेरी आधारमा साहलाई घरबाटै पक्राउ गरिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बताए।
साहलाई घरबाटै पक्राउ गरी प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको छ,’ डिआइजी कार्कीले भने।सर्लाहीका प्रहरी उपरीक्षक गोपाल भट्टराईका अनुसार उनीले १९९ जनालाई पीडित बनाएको थाहा भएको छ। ‘चक्रवर्ती ब्याज लिने कार्यमा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ भट्टराईले भने, ‘को सँग कति परिमाणमा चक्रवर्ती ब्याज असुलीएको हो, यसबारे अनुसन्धान थालेका छौं।’भट्टराईका अनुसार अहिले एक जनाले मात्र उजुरी दिएका छन्। साहले नक्कली कागजात गरेर ३९ जना मान्छेविरुद्ध पक्राउ पूर्जी जारी गरेको खुलिसकेको छ।‘बाँकी को कतिलाई ठगी गरेको भन्नेबारे अनुसन्धान भइरहेको छ,’ भट्टराईले भने।
साहले मिटर ब्याज लगानी गरेर सहीछाप गरी अदालतमा समेत मुद्दा दर्ता गरेर पीडितबाट नगद, सरसामान तथा सुनचाँदी जफत गर्दै आएका थिए।
श्याम परदेशी बारेमा हिजो मात्र न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासंगमा सञ्चारकर्मी रबि लामिछानेले विशेष रिपोर्ट प्रशारण गरेका थिए । लामिछानेले रिपोर्ट प्रशारण गरेको २४ घण्टा नबित्दै पिडक परदेशीलाई प्रहरीले पक्राउ गरेको हो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video