प्रवासी खबर
Sep 03, 2019
गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा लब थापाको उम्मेद्धवारी घोषणा, को हुन लब ?
काठमाण्डौं । भाद्र १७ । गैरआवासीय नेपाली संघ, एनसीसी जर्मनीको अध्यक्षमा प्रवक्ता तथा सामाजीक अभियन्ता, गितकार लब थापाले उम्मेद्धवारी घोषणा गरेका छन् । 
थापाले समाजलाई केहि महत्वपुर्ण समाजिक रुपान्तरण सहितको सकारात्मक सन्देश सम्प्रेषण गर्ने दृढ संकल्प सहित अध्यक्ष पदका लागी उम्मेद्ववारी घोषणा गरेको बताए ।
उनले भने “मैले जर्मनीमा रहेको नेपाली समाजमा एन.आर.एन.ए.जर्मनीको अभियान अन्तर्गत यसो गरें उसो गरे, म यति बर्ष जर्मनी बसे,अनि म यस्तो,म उस्तो भन्नु वा पहिलेकाले यसो गरेनन, उसो गरेनन भनेर अरुको खेदो खन्नु मेरो आदत छैन, एनआरएनए जर्मनीको नेतृत्व गर्ने क्षमता म मा पनि छ, त्यसैले आगामी कार्यकाल २०१९÷२०२१ का लागी अध्यक्षको उम्मेद्धवारी दिने निर्णय गरेको हुं ।”
एनआरएनए जर्मनीको प्रवक्ता समेत रहेका थापाले यस अघि एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङसंग रहेर दुई कार्यकाल सदस्यको जिम्मेवारी समेत पुरा गरीसकेका छन् । 
१४ सेप्टेम्बरमा हुन गइरहेको एनआरएनए जर्मनीको अध्यक्षका लागि थापा सहित हालका अध्यक्ष बिजय मोक्तान, रण बहादुर साउद र हरी न्यौपानेले उम्मेद्धवारी घोषणा गरेका छन् ।
अध्यक्षका लागि चार जना प्रत्यासीहरु मैदानमा उत्रिएसंगै एनआरएनए जर्मनीको चुनावी सरगर्मी बढेको छ । बिगतमा लामो अनुभब बोटुलेका उम्मेद्धवारहरु चुनावी मैदानमा उत्रिएसंगै सहमतीबाट अध्यक्ष चयन गर्ने बिकल्प अन्त्य भएको बताइन्छ । अध्यक्षका उम्मेद्धवार थापाले चुनावको बिकल्प नरहेको बताँउदै सहमतीको नाममा अरुलाई हटाएर आफनालाई ल्याउने खेल बन्द गर्नुपर्ने बताए । बिगतको निर्वाचनमा पनि सहमतीको नाममा भएको प्रयासहरु असफल रहेको स्मरण गराँउदै थापाले भने “हिजोको दिनमा सहमतीको नाममा बिजय जि फ्राङकफोर्टबाट रुदै निस्कंदा म साक्षि छु, सहमती गराँउछु भन्नुहुने दिल गुरुङदाई रुंदै हिडदा पनि मैले देखेको छु, त्यती खेर पनि समस्या थियो आज झन बढी समस्या छ, त्यसैले सहमती भनेर समय त्यसै खेर फाल्नु भन्दा पनि चुनावमा जाँदा सवैलाई न्याय हुने छ ” 
 
को हुन लब थापा ? 
नेपालको भैरहवा स्थायी ठेगाना भएका थापा बिगत १८ बर्ष देखि जर्मनीमा बस्दै आएका छन् । उनी नेपाली सागितिक क्षेत्रमा १०० भन्दा बढि गितका सर्जक “कर्म काजि’’ चिर–परिचित गितकारका रुपमा अनवरत सेवामा रहेका छन् । नेपालमा रहदा लामो समय म्युजीक नेटवर्क सस्थामा प्रबन्ध निर्देशकको भुमिकामारहि नेपाली सांगितिक क्षेत्रमा सेवा गरेका थापा तत्कालिन अवस्थामा कलाकारको मर्म बुझ्ने एउटा असल कलाप्रेमीको रुपमा समेत परिचित छन् ।
अन्तराष्ट्रिय कलाकार मञ्च र्जमनीको संस्थापक अध्यक्ष २०१३–१५,डिएच हेल्थ फाउण्डेसन च्यारीटी नेपालका संस्थापक, हामी उठनेछौं फाउण्डेसनको युरोप संयोजक, लुम्बीनी जागरण मञ्चको संस्थापक अध्यक्ष १९९८, नमस्ते इभी जर्मनी लगायत दर्जन बढी संस्थामा रहेर सामाजीक कार्यहरुमा समेत अग्रसर रहंदै आएका छन् । 
त्यती मात्र होइन लबले नेपालमा रहेका भाई बरिष्ठ न्युरोलोजीष्ट तथा न्युरो अस्पताल बाँसबारीका निर्देशक डा.लेख जङ्ग थापासंग मिलेर आफनो पैत्रीक घर भैरहवामा न्युरो एण्ड एलीड अस्पताल समेत स्थापना गरेका छन् । २०१४ देखि स्थापना भएको उक्त अस्पतालले दर्जनौं गरिब तथा बिपन्न परिवारलाई निशुल्क उपचार समेत गदै आएको छ भने त्यहाँका जनतालाई न्युरोको उपचार गर्न काठमाण्डौ आउनुपर्ने बाध्यतालाई समेत अन्त्य गरिदिएको छ ।  
 
थापाबाट नेपाली पत्रकारका समेत ऋणी !
२०६६ सालमा मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा गुमाएका पत्रकार रबिन थपलियालाई आधुनीक कृतिम खुट्टा लगाउन र सहयोग गर्न नेपाल पत्रकार महासंघले आब्हान गरेको थियो । त्यसै आब्हान बमोजीम लब तथा उनकी श्रीमती तारा थापा आवद्ध रहेको नमस्ते इभी जर्मनी मार्फत पत्रकार थपलियालाई जर्मनीमै बोलाएर कृतिम खुट्टा लगाएर पत्रकारीता पेशामानै र्फकाउने काम समेत भएको थियो । लब र ताराको उक्त परोपकारी कार्यप्रति त्यस बेला नेपाल पत्रकार महासंघ तथा पत्रकारसंग आवद्ध संस्थाहरुले धन्यवात समेत दिएका थिए । पिडामा परेका पत्रकारहरुको निम्ती प्रवासबाट सहयोग गर्ने थालनीपनि त्यसै बेलादेखि भएकाले लब थापा र तारा थापा प्रति नेपाली पत्रकारीता ऋणी समेत रहेको नेपाली पत्रकारहरुनै बताँउछन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video