सेना/ प्रहरी/ शशस्त्र समाचार
Sep 03, 2019
नुवाकोटमा खुकुरी प्रहारबाट एक घाइते, खुकुरी हान्ने पक्राउ
नुवाकोट । भाद्र १७ । नुवाकोटमा धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा मेघाङ गाउँपालिका ३ चिउरीभञ्याङमा लेवर काम गर्ने मेघाङ गाउँपालिका ४ किम्ताङ बस्ने ३० वर्षीया टुल कुमारी बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
विवादका कारण बिकले सोही स्थान लेवर काम गर्ने सुनसरी ईटहरी महानगरपालिका २४ बस्ने ५४ वर्षीय नारायण भण्डारीलाई खुकरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते भण्डारीलाई उपचारको लागि स्वास्थ्य चौकी मेघाङ लगिएकोमा थप उपचारको लागि त्रिशुली अस्पताल रिफर गरिएको छ । 
यता, लम्जुङ, छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा बेशिसहर नगरपालिका(७ हाईस्कुल चोक बस्ने २७ वर्षीय सुनिल श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
सामान्य विवादको कारण उनले छिमेकी २७ वर्षीय शिब गुरुङलाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले  श्रेष्ठलाई पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएका शिब गुरुङलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसिसहर लमजुङ लगोएकोमा थप उपचारको लागि काठमाडौं ग्राण्डी अस्पताल रिफर गरिएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video