बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक
प्रमुख समाचार
Sep 03, 2019
गाडी खरीदमा प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको ठहर
काठमाण्डौं । भाद्र १७। सङ्घीय संसद् सचिवालयको ११ वटा स्कारपियो जीप खरीदका सम्बन्धमा उठेको प्रश्नबारे सांसद रामनारायण विडारी संयोजक रहनुभएको छानबिन समितिले प्राविधिक त्रुटि र हेलचेक्र्याइँ गरिएको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ ।
 
सभामुख कृष्णबहादुर महरासमक्ष आज बुझाएको प्रतिवेदनमा समितिले सवारी साधन खरीदमा प्रक्रियागत ठूलो कमजोरी र आर्थिक चलखेल भएको नदेखिए पनि प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको ठहर गरेको छ ।
 
प्रतिवेदन बुझाएपछि संयोजक विडारीले प्रश्न उठेका गाडी सात दिनभित्र चुस्त दुरुस्त बनाइदिन, नबनाएमा फिर्ता पठाउन, फिर्ता नगरेमा आपूर्तिकर्तालाई सार्वजनिक खरीद ऐनअनुसार कारवाही गर्न सिफारिस गरेको जानकारी दिनुभयो ।
  
संसद् सचिवालय, सार्वजनिक खरीद अनुगमन कार्यालय, आपूर्तिकर्ता र केही प्राविधिकसँगपछि छलफल गरी छानबिनका क्रममा रायसुझाव लिएको जानकारी दिँदै संयोजक विडारीले भन्नुभयो, “खासगरी केही गाडीको ‘बडी फिटिङ’मा लापरवाही देखिएको, ‘स्पिकर’ अर्कै गुणस्तरहीन कम्पनीको हालेको, ‘ब्रेकर’मा समस्या देखिएको, झ्यालका सिसा ‘फिटिङ’ दुरुस्त नभएको तथा पुरानो गाडी गुडाउँदाको जस्तो ठूलो आवाज आएको देखियो ।”
 
भएको सम्झौता, गरिएको  बोलपत्र, कम्पनी  छनोट, बजारभाउ अनुसारको मूल्यलाई हेर्दा प्रक्रियागत कमजोरी र आर्थिक चलखेल भएको अनुमान पनि गर्न नसकेपछि समितिले खरीद गरिएको कम्पनीका सामान राखेर मर्मत गर्न र खरीद प्रक्रियामा प्रत्यक्ष संलग्न कर्मचारीलाई सचेत गराउन सुझाव दिएको हो ।
 
सचिवालयले खरीद गरेको ११ मध्ये तीन वटा स्कारपियोमा केही मूलभूत समस्या देखिए पनि अन्यमा भने गम्भीर नभई सामान्य मात्र रहेको समितिले जनाएको छ ।
 
सचिवालयले अग्नि इन कर्पोरेटेड प्रालिसँग गत असारमा एउटा स्कारपियोलाई ५६ लाख ८० हजारका दरले खरीद गरेको थियो ।
 
प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले प्रक्रियागत त्रुटि नभए पनि प्राविधिक कमजोरी देखिएकाले प्रतिवेदन अध्ययन गरेर कारवाहीको प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । पन्ध्र दिनको कार्यदेश रहेको उक्त छानबिन समितिमा संसदीय समितिका सभापति विडारी, तारादेवी भट्ट, कृष्णप्रसाद दाहाल, भरतकुमार शाह र कृष्णभक्त पोखरेल रहनुभएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video