बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक
प्रमुख समाचार
Sep 04, 2019
उच्च अदालतद्धारा रबि लामिछानेलाई धरौटीमा छाडन चितवन अदालतले गरेको फैसलाको कैफियत प्रतिबेदन झिकाउन आदेश
काठमाण्डौं । भाद्र १८ । उच्च अदालतले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रबि लामिछाने र युवराज कंडेललाई धरौटी राखेर छाडन चितवन जिल्ला अदालतले गरेको फैसलाको कैफियत प्रतिबेदन झिकाउन आदेश दिएको छ । 
जिल्ला अदालत चितवनबाट भएको आदेश बिरुद्ध लामिछाने र उनका सहकर्मी युवराज कँडेलले हिजो उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका थिए । उनको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरिएको उच्च अदालतको हेटौंडा इजलासका सह रजिष्ट्रार केशर अर्यालले जानकारी दिए । लामिछानेको निवेदनमा आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ ।
लामीछाने र कडेलको निवेदनको प्रारम्भीक सुनुवाइ गर्दै आज न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको हो।
स्व पत्रकार शालीकराम पुडासैनीलाई आत्महत्या गर्न ’दुरुत्साहन’ गरेको अभियोगमा लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमश पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सोही मुद्दामा पक्राउ परेकी अस्मिता कार्की ‘रूकु’लाई सामान्य तारेखमा छोड्न आदेश दिएको थियो।’लामिछाने र कँडेलले पुडासैनीको आत्महत्याबारे प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्नेरनगराउने, औषधि उपचारको लागि जानुर्पयो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्ने,’ अदालतको आदेशमा भनिएको छ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video