‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Sep 04, 2019
नगरपालिकामा तालाबन्दी
गुल्मी, भदौ १८  गुल्मीको रेसुङ्गा नगरपालिकामा नगरकार्यपालिका सदस्यले तालाबन्दी गरेका छन् । रेसुङ्गा नगरपालिकाले नगरकार्यपालिकालाई बेवास्ता गरी मनोमानी ढङ्गले बैठकको निर्णयविना आफूखुशी अधिकार प्रयोग गरेको आरोप लगाउँदै स्थानीय एक विद्यालयको विषयलाई लिएर उनीहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आज तालाबन्दी गरेका हुन् । नगरपालिकाले केही दिनअघि स्थानीय महेन्द्र नमूना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले नियुक्ति दिएको प्रधानाध्यापकलाई नगरपालिकाले उक्त नियुक्ति प्रक्रिया कार्यविधिअनुसार नभएको र कार्यविधिअनुसार मिलाएर नियुक्तिका लागि पुनःप्रक्रिया अघि बढाई साविककै प्रधानाध्यापकबाट काम गराउन विद्यालयलाई पत्र काटेपछि विवाद शुरु भएको होे । नगरकार्यपालिकाले आज नगरपालिकामा पत्रकार सम्मेलन गरी प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको योजनाअनुसार नगरप्रमुख डिल्लीराज भुसालले सिङ्गो कार्यपालिकालाई बेवास्ता गरी आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर विधि र कानूनविपरीत विद्यालयमाथि ठाडो हस्तक्षेप गरेको वडा नं १ का वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले आरोप लगाउनुभयो । रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय नियमसङ्गत र कानूनसङ्गत नभएका कारण आफूले त्यसलाई मिलाएर पुनःप्रक्रिया अघि बढाउन र त्यतिञ्जेलसम्म पुरानै प्राधानाध्यापकबाट काम गर्न परिपत्र गरेको बताउनुभयो । “हरेक स–साना कुरामा पनि कार्यपालिकाको बैठक बोलाउनुपर्छ भन्ने छैन, केही सामान्य कुरामा नगर प्रमुखको हैसियतले पनि काम गर्न सकिन्छ, मैले नियमसङ्गत नै काम गरेको छु”, नगर प्रमुख भुसालले भन्नुभयो । महेन्द्र नमूना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले नगरपालिकाले विद्यालय व्यवस्थापन समितिले विधि र प्रक्रियापूर्वक गरेको काममा प्राधानाध्यापकको विषयलाई लिएर नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै त्यो आफ्ना लागि स्वीकार्य नभएको बताउनुभयो । “प्रअ राख्ने अधिकार विद्यालय व्यवस्थापन समितिको हो, यसमा नगरपालिकाले हस्तक्षेप गर्नै पर्ने विषय पनि छैन”, पन्थीले भन्नुभयो । महेन्द्र नमूना माध्यमिक विद्यालयमा साविकका प्रधानाध्यापक केशरबहादुर थापाको ठाउँमा हाल विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयका शिक्षक युवराज ज्ञवालीलाई नियुक्ति दिएको थियोे । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video