मनाेरञ्जन/रोचक
Sep 05, 2019
महासंघ नेपालको खुल्ला तिजगित प्रतियोगितामा भानु माध्यमिक विद्यालय प्रथम
कौरव खत्री । बागलुङ १९ भदौ । राष्ट्रिय  जनसाँस्कृतिक महासंघ नेपालद्धारा खुल्ला तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ 
 बुधवार बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङमा आयोजित तिजगित तथा नृत्य प्रतियोगितालाई सम्वोधन गदै  प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ बागलुङका माननीय देवेन्द्र पौडेलले तिज हामी सबै नेपालीहरुको साझा मौलक संस्कृति भएकोले यसको जर्गेना गर्नुपर्ने बताए ।

साथै सोही अवसरमा नेपाल कम्युनिष्ट केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्जार्ज बलावति शर्मा, स्थायी नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे लगायतका  जिल्ला स्तरका नेता कार्यकताहरुसँगै कलाप्रमी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

“लोक संस्कृतिको जर्गेना, स्थानीय  कला संस्कृतिको संरक्षण र सम्वद्र्धन  गदै जनतालाई सुसुचित गर्ने” भन्ने मुल नारा सहित विगत २९ बर्ष यता निरन्तर रुपमा राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङले निरन्तर रुपमा खुल्ला तिजगित तथा नृत्य प्रतियोगिता सञ्चालन गदैै आएको छ ।

प्रतियोगतामा १६ समूहको सहभागिता रहेको बहृत खुल्ला तिजगित प्रतियोगितामध्येबाट बडिगाड गाँउपालिका ५ ग्वालिचौरको भानु माध्यमिक विद्यालयलले प्रथम हुदै नगद रु.१६हजार,५सय,५५रुपैया सहित प्रमाण पत्र हात पारेको थियो भने यस्तै मुसिकोट नगरपालिका ६ भुवाचिदिमा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयले द्धितीय हुदै नगद रु ११ हजार,५सय,११रुपैया सहित प्रमाण पत्र हात पारेको थिए ।

यस्तै अवसरमा बडिगाड गाँउपालिका २ खर्वाङ्गमा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयले तृतीय हुदै नगद रु.५हजार,५सय,५५रुपैया, सहित प्रमाण पत्र हात पारेको थियो ।

त्यस्तै सोही प्रतियोगितामा बडिगाड गाँउपालिका ५ ग्वालिचौरको पौदीटारी आभारभूत विद्यालय गायन तर्फ उत्कृष्ट भएको छ भने मालिका गाँउपालिका २ नेटा गुल्मीका विजयशिल युवा क्लव नृत्यमा उत्कृष्ट भएको छ विजेता समूह  उत्कृष्ट समूहरुलाई नगद प्रमाण पत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।

साथै कार्यक्रमको अवसरमा कलाकार,आर्थिक सहयोगीहरु सँगै विभिन्न क्षेत्रबाट सहयोग पु¥याएका व्यक्तिहरुलाई समेत समान गरिएको थियो ।
 
राष्ट्रिय  जनसाँस्कृतिक महासंघ नेपाल बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङका अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता रहेको कार्यक्रम राष्ट्रिय  जनसाँस्कृतिक महासंघ नेपाल बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङका उपाध्यक्ष गिता पोखरेलको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने दोय राष्ट्रिय  जनसाँस्कृतिक महासंघ नेपाल बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङका सचिव कमल पौडेल र सह सचिव देउमााया रानाको सञ्चालनमा सम्पन्न भएको थियो      


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video