राजनीति
Sep 05, 2019
काङ्गे्रसको नयाँ विधानअनुसार क्षेत्रीय कमिटी
सुर्खेत, भदौ  १९ ।  नेपाली काङ्गे्रस सुर्खेतले पार्टीको नयाँ विधानअनुसार क्षेत्रीय कार्य समितिलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय प्रतिनिधि एवं डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) का जिल्ला अध्यक्ष दुर्गाप्रसाद सापकोटाको उपस्थितिमा सङ्घीय निर्वाचन क्षेत्र नं १ र २ का पदाधिकारी चयन भएका हुन् । निर्वाचन क्षेत्र नं १ को सभापतिमा खड्कबहादुर पोखरेल चयन हुनुभएको छ । क्षेत्र नं १ को सहसभापतिमा ताराकेशर खड्का र उमालाल पाण्डे, सचिवमा भूपेन्द्र सुवेदी, कोषाध्यक्षमा दुर्गबहादुुर खत्री, सहसचिवमा मोहन राना र वीरबहादुर वली रहनुभएको छ । केन्द्रीय प्रतिनिधि सापकोटाले साविकका दुवै कमिटीका क्षेत्रीय सदस्यहरुसहित ४९ सदस्यीय कार्य समिति चयन गरिएको जानकारी दिनुभयो । त्यस्तै, क्षेत्र नं २ मा लालवीर भण्डारी सभापति चयन हुनुभएको छ । सहसभापतिमा नारायण कोइराला र कर्णबहादुर बुढा, सचिवमा कृपा थापा, गणेश पन्त, अम्मर दानी, कोषाध्यक्षमा नेत्रबहादुर शाही र सहसचिवमा भूवनसिंह सिजापति चयन हुनुभएको नेपाली काङ्गे्रस सुर्खेतले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video