सेना/ प्रहरी/ शशस्त्र समाचार
Sep 08, 2019
घुस सहित नेपाल प्रहरीका असै अख्तियारको नियन्त्रणमा
काठमाण्डौं । भाद्र २२ । घुस रकम सहित नेपाल प्रहरीका सहायक निरिक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । 
अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीलाई अख्तियारले घुस रकम सहीत नियन्त्रणमा लिएको हो ।
प्रेस विज्ञप्ति स्(मिति २०७६।०५।२२ गते
माझीले काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई ७ः०० बजे भन्दा पछि केही समय ढिला भएमा सिन्धुलीतर्फ जान दिने भनी सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझिलाई सेवाग्राहीबाट रू.१०,००० (दस हजार) घुस रिसवत वापतको रकम लिइसकेको अवस्थामा रकम सहित हिजो रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video