‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Sep 09, 2019
सहकारी विधेयक पारित
विराटनगर, भदौ  २२ प्रदेश नं १ ले ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आजको बैठकले सो विधेयक पारित गरेको हो । प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ बमोजिम सो विधेयक पारित गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव सदनमा पेश गर्नुभएको थियो । यो विधेयक पारित भएपछि प्रदेशमा उत्पादन, सेवा, वित्तीय, श्रमिक र बहुउद्देश्य किसिमका सहकारी सञ्चालनमा आउने भएको छ । सहकारी विधेयक प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन दर्ता भएर सैद्धान्तिक छलफल भएको थियो । उक्त विधेयक संशोधनका लागि सत्तापक्षका १० सदस्यले संशोधन दर्ता गराउनुभएको थियो । विशेष सम्बोधन मुख्यमन्त्री शेरधन राईले आज सदनमा विशेष सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकार सुशासन कायम गराउन र भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशिलता अपनाएका बताउनुभयो । उहाँले भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्दै सुशासन कायम गर्न सांसद, मन्त्री र कर्मचारीलाई जिम्मेवार हुन आग्रह गर्नुभयो । भ्रष्टाचारीलाई घण्टाभरमै कारवाही गर्न आफ्नो हटलाइन नम्बर सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री राईले पारदर्शी नभएको भन्ने गुनासो आएपछि प्रदेश सरकार मातहतको कृषि, भूमि तथा सहकारी मन्त्रालयले आह्वान गरेको टेण्डर र सूचनाहरु रद्द गर्न निर्देशन दिएको प्रदेशसभामा जानकारी गराउनुभयो । उहाँले प्रदेश सरकार सफल भए मात्र सङ्घीयता सफल हुने भएकाले सबै प्रदेश सदस्यलाई जिम्मेवार हुन आग्रह पनि गर्नुभयो । मुख्यमन्त्री राईले बजेट पास गरेर महिनौ सुत्ने र अन्त्यमा हतार हतार बजेट सक्ने, कमिशन खाने र काम अलपत्र छाड्ने केन्द्रीय मानसिकता प्रदेशमा अन्त्य भएको भन्दै आगामी १ जेठभित्रै सबै बजेट कार्यान्वनय भइसक्ने दाबी गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video