बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक
प्रमुख समाचार
Sep 10, 2019
एनआरएनए आइसीसी अध्यक्षको उम्मेद्धवारी मनोनयन दर्ता शुल्क १० लाख, किन उठाईदै छ उद्योगीको संस्था भन्दा तिन गुणा बढी शुल्क ?
रबिन थपलिया । काठमाण्डौं । भाद्र २४ । गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीको नवौं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन आगामी असोज २८ गते देखी ३० गते अर्थात १५ देखि १७ अक्टोवर २०१९ मा काठमाण्डौंमा हुंदैछ ।
यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार नेपाल, उघोग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गईरहेको छ । महाधिवेशन नजिकिंदै गर्दामा आइसीसीका बिभिन्न पदहरुमा धमाधम उम्मेद्धवारीहरु पनि घोषणा भइरहेका छन् । मध्यपुर्व, युरोप, अमेरीका, अस्ट्रेलीया, ओसीनिया, एसिया प्यासीफिक लगायत बिभिन्न क्षेत्र तथा देशहरुबाट आइसीसीमा नेतृत्व गर्ने चाहनाहरु व्यक्त भइरहेका छन् । आफु सदस्य रहेको संस्थाको नेतृत्व गर्ने चाहना राख्नु नराम्रो कुरा होइन् तर एनआरएनए आइसीसीमा त्यो चाहना पुरा गराउन सानो तिनो कमाई भएका सदस्यहरुका लागि “आँखा परको फल आँखा तरी मर” भन्ने नेपाली उखान झै भईदिएको छ ।

Image may contain: text
आइसीसी महाधिवेशन र निर्वाचनको दिन नजिकिंदै गर्दामा धनीहरुलाई मात्र नेतृत्वमा ल्याउने प्रचञ्च सहित उम्मेद्धवारी मनोनय दर्तामा भारी शुल्क बृद्धि गरिएको छ । खाडी मुलुकमा मासिक २० हजार कमाउने नेपाली समेत सदस्य रहेको गैरआवासीय नेपाली संघ आईसीसी अध्यक्षको उम्मेद्धवारी मनोनयन दर्ता शुल्क मात्र १० लाख रुपयाँ तोकीएको छ । एनआरएनए आईसीसीको निर्वाचन समितिको भाद्र १९ गते बसेको बैठकले उक्त शुल्क निर्धारण गरि परिपत्र जारी गरेको छ । निर्वाचन समितिद्धारा जारी गरिएको परिपत्र अनुसार एनआरएनए आईसीसीको उपाध्यक्ष र महासचिवको लागि उम्मेद्धवारी दर्ता शुल्क रु ६ लाख, सचिब र कोषाध्यक्षको लागि ५ लाख, सहकोषाध्यक्ष ४ लाख, महिला तथा युवा संयोजक ३ लाख ५० हजार, क्षेत्रीय संयोजक ३ लाख ५० हजार, क्षेत्रीय उपसंयोजक २ लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजक २ लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा उपसंयोजक २ लाख ५० हजार र आईसीसी सदस्यका लागि १ लाख रुपयाँ शुल्क राखिएको छ ।  
मध्यपुर्वमा मासिक २० हजार कमाउने कामदारले आफु सदस्य रहेको एनआरएनए आइसीसीको अध्यक्ष बन्न चाहेमा तोकिएको शुल्क बुझाउनको लागि मात्र ५० महिना काम गर्नुपर्ने हुन्छ ।   
नेपालभरका उद्योगी÷व्यवसायीहरुको संस्था नेपाल उद्योग बाणिज्य महासंघसंगको संयुक्त आयोजनामा हुन गइरहेको गैरआवासीय नेपाली संघ आइसीसीको उम्मेद्धवारी मनोनयन शुल्क भने उद्योगीहरुको भन्दा झण्डै चारगुणा बढी तोकिएको छ । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष भबानी राणा निर्वाचीत भइरहंदा महासंघको अध्यक्ष मनोनयनका लागि ३ लाख, उपाध्यक्षको लागि १ लाख ५० हजार र कार्यसमितिको लागि ५० हजार मनोनय शुल्क लिईएको थियो । नेपाल उद्योग बाणिज्य महासंघको शुल्कलाई तुलना गर्दामा एनआरएनए आइसीसीको मनोनय दर्ता शुल्क झण्डै चार गुणा बढी हो । एनआरएनए आइसीसीको निर्वाचन नेपालमा भइरहंदा उम्मेद्धवारी दर्ता शुल्क सवै भन्दा बढी भएको संस्थानै गैरआवासीय नेपाली संघ हुन पुगेको छ । 
एनआरएनए आईसीसीका सहसचिबका उम्मेद्धवारी घोषणा गरेका अमेरीकाका एसी शेर्पाले आईसीसीमा उम्मेद्धवारीको लागि पहिले भन्दा दोब्बर शुल्क बढाईएको आरोप लगाउनुभयो । 
त्यस्तै अमेरीका बस्दै आउनुभएका पत्रकार शैलेश श्रेष्ठले एनआरएनए धनिहरुको मात्र क्लब बनाउन बनाउन खोजेको प्रतिकृया दिनुभएको छ । उहाँले भन्नुभयो “हामीले बुझेकै कुरो हो यो धनीहरुको क्लब हो तर पनि हाम्रो साझा संस्था भन्नु पारेको छ । यो धनाढ्यहरुको षडयन्त्र हो ताकी बुध्दी भएको होइन कि पैसा भएको मात्र नेतृत्वमा आवस । जय एनअरएन (ए) !”
एनआरएनए आइसीसीमा अध्यक्ष १, उपाध्यक्ष महिला एक सहित ५, महासचिब १, सचिब २, कोषध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक÷युवा संयोजक एक÷एक जना, क्षेत्रीय संयोजक ६, क्षेत्रीय उपसंयोजक ६, क्षेत्रीय महिला संयोजक ६, क्षेत्रीय युवा संयोजक ६ सहित कम्तीमा ३७ जना निर्वाचीत हुनेछन् । आइसीसीमा कम्तीमा ३७ जनाको एउटा प्यानल निर्वाचनमा सहभागी हुंदामा कम्तीमा पनि १ करोड ३७ लाख बढी शुल्क उठने छ । यस अघि दुई प्यानल र केहि स्वतन्त्र उम्मेद्धवारहरु निर्वाचनमा सहभागी भएका थिए । आइसीसीको निर्वाचनमा उम्मेद्धवारी मनोनयन दर्ता शुल्क मात्र ३ करोड बढी उठने निश्चीत भएको छ । 
त्यस्तै महाधिवेशनमा रजिष्ट्रेसन शुल्क प्रतिव्यक्ति नेपाली रु २० हजार र मध्यपुर्वका लागि रु १० हजार समेत तोकिएको छ । न्युनतम दुई हजार सहभागीले रजिष्ट्रेसन गरेमा कम्तीमा पनि ३० लाख बढी रकम उठने देखिन्छ । त्यस्तै नेपाल सरकार, बिभिन्न सहयोगी संस्था र स्पोन्सरबाट समेत करोडौं रकम संकलन हुने गर्दछ । गैरआवासीय नेपालीहरुको दुई बर्षमा हुने यो कुम्भ मेलामा संस्थाले भने सदस्यबाट बिभिन्न बहानामा चर्को शुल्क मात्र उठाउने गरेको स्वयम एनआरएनहरु नै बताँउछन् । एनआरएनएको निर्वाचनमा यसरी उठाइने चर्को शुल्क र कार्यक्रम व्यवस्थापनको नाममा गरिने खर्चमा समेत आर्थिक पारदर्शीता नभएको बताँउदै आइरहेका छन् ।     
यस वर्षको सम्मेलनको मूल विषय “म, मेरो एनआरएनए, र मेरो नेपाल“ रहने छ । सम्मेलनमा यसै विषयहरुमा आधारीत भएर विभिन्न शत्रहरुको आयोजना गरिने छ । सम्मेलनमा नेपाल सरकार यहाँका राजनैतिक दल एवं नागरिक समाजको उच्चस्तरीय सहभागीता रहने एनआरएनएको सचिवालयले जनाएको छ ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video