‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Sep 11, 2019
आरोपत्र दायर
काठमाडौँ,  भदौ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा डोटीको लानाकेदारेश्वर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत (आठौँ तह) सुरेश चन्द्र डिसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले सेवाग्राहीको काठको छुटपुर्जी सिफारिसलगायत कागजी प्रक्रिया सहज गरिदिएबापत रु तीन लाख २६ हजार घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो । आयोगको अनुसन्धान टोलीले अधिकृत डिसीलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो । यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गर्ने विष्णुकुमारी पराजुली (शिक्षिका) विरुद्ध पनि मुद्दा दायर गरेको छ । निजले सेवा प्रवेशका क्रममा पेश गरेको विहार संस्कृति शिक्षा बोर्ड, पटनाबाट जाी गरिएको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video