बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक
प्रमुख समाचार
Sep 11, 2019
राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण ः अध्यक्ष प्रचण्ड
काठमाडौँ, भदौ  २५ । राष्ट्रियसभाको आजको बैठकमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यापछि अन्य धेरै बालिकाको बलात्कार भएको तर दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको शून्य समयमा नेपाली काङ्ग्रेसका धनकुमारी खतिवडाले हत्या, हिंसा र बलात्कारका घटना बढेको तर सरकारले दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नवलपरासीमा एक बालिकामाथि १० जनाले सामूहिक बलात्कार गरेको, रसुवाका दुई बालिका बलात्कृत भएको जानकारी गराउनुभयो । काङ्ग्रेसकै मुक्ताकुमारी यादवले २ प्रदेशको लोकप्रिय नारा ‘बेटी बचाऊ’ भए तापनि १५ वर्षीया किशोरीलाई एसिड आक्रमण भएको हुँदा दोषीलाई तत्काल कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाका मीना बुढाले रोल्पाको शहीदमार्ग सडकखण्डमा पहिरोका कारण बाटो बन्द भएको हुँदा त्यहाँका जनताले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै, त्यहाँका कृषि बालीहरु यातायात बन्द हुँदा अदुवा, फलफूलहरु कुहिएर खेर गएको हुनाले तत्काल पहिरो पन्छाई बाटो खोल्नुपर्ने माग गर्नुभयो । नेपाली काङ्ग्रेसका प्रकाश पन्थले सदनमा सांसदले उठाएका धेरै समस्याका बारेमा सरकारबाट जवाफ नआएको भन्दै सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र संसद्प्रति उत्तरदायी हुनुपर्ने माग गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video