‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Sep 11, 2019
कास्कीको क्षेत्र नं २ मा मतदाता सूची अद्यावधिक गरिने
पोखरा, भदौ २५ कास्कीको संसदीय क्षेत्र नं २ मा असोजको पहिलो सातामा मतदाता सूचीको अद्यावधिक कार्य हुने भएको छ । सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएकाले असोज १ देखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय पोखराले जनाएको छ । सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएका टोलीले मतदाता सूची सार्वजनिक गरेपछि मतदाताको नाम सच्याउने, दावी विरोध गर्ने, दोहोरो नाम परेमा हटाउने लगायतका कार्य गरिनेछ । तर नयाँ मतदाताको नाम सङ्कलन नगरिने सो कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी गराउनुभयो । मतदाता अद्यावधिक कार्य गर्नका लागि वडासचिवको संयोजकमा सहयोग समन्वय समिति गठन गरिनेछ । सो समितिमा स्थानीय सुरक्षाकर्मी, स्थानीय पदाधिकारीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि रहने कार्यालय प्रमुख सुवेदीले जानकारी गराउनुभयो । यस क्षेत्रबाट निर्वाचित हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video