शिक्षा /स्वास्थ्य
Sep 12, 2019
डेङ्गुको विरुद्ध अभियान चलाउन निर्देशन
अत्तरिया, भदौ २६ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डेङ््गु रोग फैलिन नदिन यस विरुद्ध अभियान चलाउन स्वास्थ्यकर्मी र सरोकारवालाई आज निर्देशन दिनुभएको छ ।  धनगढीमा भएको डेङ्गु रोग नियन्त्रण सम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्री भट्टले उक्त रोगको रोकथामका लागि अपनाउनुपर्ने सबै उपायहरु कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिनुभयो । बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले डेङ्गु रोगका बिरामीको मन्त्रालयले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो । बैठकमा सामाजिक विकास मन्त्रालय र अन्तर्गतका स्वास्थ्य निकायका प्रमुख एवं स्वास्थ्यकर्मीको समेत सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशमा आजसम्म डेङ्गु रोगबाट पीडित २८जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यो रोगबाट सङ्क्रमित डोटीका एक जनाको मृत्यु भएको छ । लामखट्टेको टोकाइबाट यो रोग लाग्ने भएकोले सो रोगको रोकथामका लागि लामखुट्टेको प्रकोप रहनसक्ने सम्भाव्य ठाउँमा आजैदेखि विषादी छर्किने कार्यका साथै व्यापक रुपमा जनचेतना अभियान थालिएको मन्त्री सुवेदीले राससलाई बताउनुभयो । ––––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video