प्रमुख समाचार
Sep 14, 2019
विश्व प्रेस काउन्सिलको महासचिवमा नेपाल चयन
काठमाडाँै, भदौ  २८ नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन हुनुभएको छ । अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन हुनुभएको हो । नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो । काउन्सिलको अध्यक्षमा प्राडा सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा तामेर अताबारुत (टर्की) चयन हुनुभएको छ । सो सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मासहितका देश सहभागी थिए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video