प्रमुख समाचार
Sep 15, 2019
औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व
रुपन्देही, भदौ २९  ।  नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित हुनुभएको छ । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित हुनुभएको हो । सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने प्रतिद्वन्द्वी न्यौपानेले १२८ मत प्राप्त गर्नुभएको थियो । मतदानका क्रममा छ मत बदर भएको निर्वाचन समितिका संयोजक कृष्ण भट्टराईले बताउनुभयो । सङ्घको उपाध्यक्षमा खड्गबहादुर बस्नेत, महासचिवमा पुरुषोत्तम भट्टराई, सचिवमा नारायणबहादुर थापा र कोषाध्यक्ष पदमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै सहकोषध्यक्षमा माधव खनाल र सदस्यमा गणेश सेढाईं, कृष्ण पोखरेल, गोपाल घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसअघि अञ्चल शाखाको रूपमा रहेको सङ्घको जिल्ला कार्यसमितिका लागि पहिलोपटक अधिवेशन भएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video