प्रदेश नं ५ः संक्रमित भारतबाट, एम्बुलेन्स र आइसोलेशन तयारी  |  क्वारेन्टिन भरिभराउ, संक्रमीत राख्ने ठाँउको अभाब  |  कोरोना संक्रमीत राख्न बनाइएका क्वारेन्टिन झारा टार्ने खालका, विद्यार्थी बस्ने बेञ्च जोडेरै सुत्ने बेड  |  टोखा नगरपालीकामा कोरोना संक्रमीत बस्ने क्षेत्रमा सिल  |  रुकुम घटना, निष्पक्ष छानबिन होस्  |  राष्ट्रिय युवा परिषद्मा पुन : ढुङ्गेल  |  हात्तीको आक्रमणबाट युवकको मृत्यु  |  गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए  |  मिति २०७७ साल जेष्ठ १३ गते मंगलबार, मे २६ तारीख हेरौं राशिफल  |  वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने
प्रमुख समाचार
Sep 15, 2019
मुख्यमन्त्री भट्टद्वारा सुरक्षा निकायका प्रमुखलाई निर्देशन
कैलाली, भदौ २९ ।  सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नजिकिँदै गरेका महान् चाड बडादशैँ, दीपावली र छठ पर्वमा आइपर्ने सुरक्षासम्बन्धी गतिविधिलाई विशेष योजना बनाई कडाइका साथ लागू गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री भट्टले विशेषगरी चाडपर्वमा सुदूरपश्चिम प्रदेशका विभिन्न भारतीय सीमा नाकामा हुने गरेको असहजता र प्रदेशभरिको सुरक्षालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिनुभयो । चाडपर्वमा हुने गरेको कालाबजारी, अशान्ति, सीमा नाकामा हुने आपराधिक गतिविधिलगायतका विभिन्न अप्रिय घटना घटनुभन्दा पहिले नै उच्च सुरक्षा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टले सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनु भएको बताइएको छ । बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video