प्रवासी खबर
Sep 16, 2019
पुर्व प्रवक्ता लब थापाद्धारा एनआरएनए जर्मनीको प्रमुख सल्लाहकार पद अस्वीकार, सर्वसम्मतको नाममा साधारण सदस्यको मतको अवमुल्यन
रबिन थपलिया । काठमाण्डौं । भाद्र ३० । गैर आवासीय नेपाली संघ जर्मनीका निवर्तमान प्रवक्ता लब थापाले संघको प्रमुख सल्लाहकार पद अस्वीकार गरेका छन् । 
संघको नयाँ कार्यसमिति घोषणा गर्ने क्रममा आइतबार आयोजीत कार्यक्रममा थापालाई प्रमुख सल्लाहकारको पदमा सर्वसम्मत भएको घोषणा गरिएको थियो । गैर आवासीय नेपाली संघ भित्र ठाडो राजनीतिक हस्तक्षप रोक्ने एजेण्डा सहित अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धवारी घोषणा गरेका थापालाई बाम गठबन्धनको समर्थन रहेका हरी न्यौपानेलाई सर्वसम्मत बनाउन उम्मेद्धवारी र्फिता गराउन दबाब दिइएको बताइएको छ ।  
उम्मेद्धवारी र्फिता गर्न लगाएसंगै बिमती जनाँउदै कार्यसमिति घोषणा कार्यक्रममा उपस्थीत नभएका थापाले प्रमुख सल्लाहकारमा चयन भएको जानकारी पाएसंगै आश्चर्यता व्यक्त गदै उक्त पद अस्वीकार गरेका छन् । थापाले आफनो फेसबुक वालमा प्रतिकृया लेख्दै भनेका छन “ भर्खरै मात्र सम्पन्न गरिएको मनोनित कार्यसमितिको पदस्थापन तथा सपथ समारोहमा मेरो उपस्थिति थिएन । मेरो कुनै सहमति नभएको अवस्थामा मलाई प्रमुख सल्लाहकारमा नियुक्त गरिएको प्रति म आपत्ति जनाउन चाहन्छु । साथै म कुनै पनि ओहदा तथा जिम्मेवारीमा नरहेको समेत सम्पुर्णमा जानकारी गराउँदछु ।”
थापा लेख्छन् “मैले कुनै पनि पदमा वागेनिङ्ग गर्नका लागि उम्मेदवारी दिएको थिइन । तथा एनआरएनए, आइसीसीको नामावलीमा प्रमुख सल्लाहकारको रुपमा मेरो नाम उल्लेख भएको देख्दा म आस्चर्यचकित हुन पुगेको छु ।”
 
सर्वसम्मतको नाममा साधारण सदस्यको मतको अवमुल्यन
 
महंगो शुल्क तिरेर सदस्य बनेकाहरुले एनआरएनए जर्मनीमा साधारण सदस्यको मत भन्दा पनि केहि अग्रजहरुको चाहनामा नेतृत्व चयन हुने गरेको भन्दै दुख व्यक्त गरेका छन् । प्रजातन्त्रको सुनौलो पक्ष भनेकै निर्वाचन हो । एनआरएनए आईसीसीको निर्वाचनमा समेत मतदान हुने गरेको यथाथ छ तर एनआरएनए जमीनीले कस्तो खालको एकता चाहेर मतदानमानै जान नचाहेको हो भन्ने बारेमा सर्वत्र चासो व्यक्त गरिएको छ । एनआरएनए एनसीसीहरु धेरै ठाँउमा निर्वाचननै भएर नेतृत्व चयन भएका धेरे उदाहारण छन् । सर्वसम्मत हुनु राम्रो कुरा हो तर सर्वसम्मत गर्ने नाममा निर्वाचनको सवै प्रकृया पुरा गरिसकेर मतदान गर्ने अवस्थामा उम्मेद्धवारलाई हतोत्साहीत बनाएर नेतृत्व चयन गर्दामा एनआरएनए भित्र राम्रो सन्देश अवश्य जाँदैन ।  
एनआरएनए एकताको नाममा निर्वाचननै नगरी सर्वसम्मत कार्यसमिति चयन गरिएपछि जर्मनीमा व्यापक असन्तुष्टी बढेको छ । निर्वाचन हुने भन्दै रातारात शुल्क बुझाएका सदस्यहरुले सर्वसम्मतको नाममा आफनो मत अवमुल्यन गरेको बताएका छन् । 
निर्वाचन सम्बन्धी सम्पुर्ण प्रकृया पुरा गरी मतदानको तयारी गनुपर्ने अन्तीम क्षणमा एनआरएनए एकताको लागि भन्दै एनआरएनए जर्मनीका अग्रज, एनआरएनए युरोप क्षेत्रीय कार्यसमिति लगायतको दबाबमा मतदान प्रकृयानै नगरी सर्वसम्मत नेतृत्व चयन गरिएको बताइएको छ । अध्यक्षका प्रत्यासीका रुपमा रहेका पुर्व अध्यक्ष बिजय मोक्तान, उपाध्यक्ष हरी न्यौपाने, पुर्व उपाध्यक्ष रणबहादुर साउद, प्रवक्ता लब थापा चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षका प्रत्यासी पुर्व उपाध्यक्ष रणबहादुर साउदले प्रवक्ता लब थापालाई समर्थन गदै उम्मेद्धवारी र्फिता लिएसंगै अध्यक्ष बिजय मोक्तानले पनि आईसीसी सदस्यमा रहने गरी अध्यक्षको दावी छाडेका थिए । दुई जना अध्यक्षका प्रत्यासीहरुले दावी छोडेसंगै उपाध्यक्ष हरी न्यौपाने र स्वतन्त्र उम्मेद्धवारी दिएका प्रवक्ता लब थापा बिच चुनावी प्रतिष्पर्धा हुने निश्चीत थियो । साथै एक महिला उपाध्यक्ष पदमा किरण सिक्देल, भिमा नानी श्रेष्ठ र सानु गुरुङको दावी थियो । निर्वाचनको सम्पुर्ण प्रकृया पुरा भइसकेपछि मतदान गर्नुपर्ने क्षण सम्म अध्यक्षमा न्यौपाने र थापा तथा उपाध्यक्षमा सिक्देल, श्रेष्ठ र गुरुङको दावीनै थियो । तर सहमतीको नाममा चौतर्फी दबाब दिएर अध्यक्षका उम्मेद्धवार लब थापालाई उम्मेद्धवारी र्फिता गराउन लगाएको बताईएको छ ।
उम्मेद्धवारी र्फितासंगै थापाले आफुले एकताको लागी भन्दै थेग्नै नसक्ने गरी दबाब आएको भन्दै बाध्यताबस उम्मेद्धवारी र्फिता लिनु परेको बताए । उनले आम मतदातालाई सम्बोधन गदै भनेका छन् “म अध्यक्षको उम्मेद्धवारी सहित तपाईहरु सामु आएको थिए । तपाई तमाम साँक्षी हुनुहुन्छ यहाँ के भयो के भएन । अन्तिम घडी सम्म पनि मैले कोसिस नगरेको होइन तर मलाई टिकिरहन नसक्ने सम्मको अवस्था सिर्जना भैसकेपछि अन्त्यमा मैले कम्तिमा तपाईहरुले मन पराईदिनु भएर आफ्नो बनाईदिनु भएका मेरा एजेण्डालाई स्थापित गर्ने गरी आम समुदायको हित र संघको गरिमामा कुनै आँच नआओस भन्ने उद्धेश्यले पछि हट्नुपर्ने परिस्थिति सिर्जना हुन पुग्यो त्यो गर्न म बाध्य भए, सोका लागि यहाँहरु समक्ष क्षमा प्रार्थी छु ।
थापा भन्छन “मेरो अभियान यस भित्रको ठाडो राजनैतिक हस्तक्षेपको जालो तोड्नको लागि थियो यद्धपी यसपालि आवाज सम्म उठ्यो सफल हुन सकेन । यस अभियानमा मलाई यहाँहरुले प्रदान गर्नु भएको मायाँ आत्मियता सहयोग र समर्थन प्रति आभारी छु म, हार्दिक कृतज्ञता प्रकट गर्न चहान्छु।”
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video