शिक्षा /स्वास्थ्य
Sep 16, 2019
सांसद बस्नेत आफैँ टोलटोलमा औषधि छर्कदै
मध्यपुरथिमि, भदौ ३० मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ । ‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नं ५ वडा कार्यालयले सञ्चालनमा ल्याएको सो कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले ती औषधि र उपकरण हस्तान्तरण गर्दै डेङ्गु नियन्त्रणमा सरकारको मात्रै मुख ताक्न नहुने बताउनुभयो । कार्यक्रम संयोजक तथा नेपाली चलिचित्रका निर्देशक मदन घिमिरेले कमेरोटार क्षेत्रका छ टोल सुधार समितिलाई डेङ्गु नियन्त्रणका लागि मट्टीतेल, फिनेल र उपकरण वितरण गरिएको र सांसद बस्नेत आफैँ पनि टोल टोलमा औषधि छर्कनाका साथै जनचेतना फैलाउने कामसमेत गर्नुभएको बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video