प्रवासी खबर
Sep 18, 2019
एनआरएनए साउदीको आइसीसी सदस्यमा पुर्व अध्यक्ष पासवान बिजयी
अभिषेक खरेल  साउदी अरेबीया । असोज १ ।  गैर आवासीय नेपाली संघ साउदी अरेवीयाको आइसीसी सदस्यमा एनआरएनए साउदीका पुर्व अध्यक्ष नारायण पासवान बिजयी भएका छन् ।  
साउदी स्थीत नेपाली दुतावासको प्रंगणमा गत १३ तारिख भएको निर्वाचनमा पासवान बिजयी भएका हुन् ।  
आईसीसी सदस्यमा पासवान र उषा के सि को उम्मेद्धवारी परेपनि निर्वाचनमा भने उषा के सि अनुपस्थित रहेकी थिइन् । 
केसी अनुपस्थीत रहेपछि उनका प्रतिनिधि नरबहादुर कार्की सहित निर्वाचन संयोजक राजेन्द्र अर्याल, निर्वाचन सदस्य रमेश भण्डारी, नेपाली दूतावास द्वितीय सचिव भरत खनाल आईसीसी मध्यपूर्व महिला सहसंयोजक याष्मिन बेगम सैयद,लगायतको उपस्थितीमा निर्वाचन गरिएको हो । बिजयी पासवानलाई सगरमाथा पोष्ट डट कम को तर्फबाट बधाई र सूभकामना ।   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video