समाज
Sep 19, 2019
डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना
रबिन थपलिया । काठमाण्डौं । असोज २ । महामानव विश्वेश्वर प्रसाद कोइरालाको १०६ औं जन्म जयन्तीको अवसरमा विपी स्मृति सामुदायीक अस्पताल र यशोदादेवी भगवानसिंह मेमोरीयल ट्रस्टद्धारा विहिबार काठमाण्डौंमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 
नेपालमा फैलंदै गरेको डेंगो रोगका बिरामीलाई रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको यशोदादेवी भगवानसिंह मेमोरीयल ट्रस्टका महासचिब एवं नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो । 
बिपी स्मृति सामुदायीक अस्पताल बसुन्धरामा आयोजना गरिएको रक्तदानबाट झण्डै एक सयले रक्तदान गरेको बताईएको छ ।
रक्तदान कार्यक्रमको सुभारम्भ गर्नुहुंदै यशोदादेवी भगवानसिंह मेमोरीयल ट्रस्टका संरक्षक एवं नेपाली काँग्रेसका प्रभावसाली नेता अर्जुन नरसिंह केसीले रक्तदान कार्यक्रमले रगतको अभावलाई पुर्ती गर्न मात्र नभई सामाजीक सदभाव र एकताको निम्ती सहयोग पुग्ने बताउनुभयो । 
केसीले भन्नुभयो “रगतमा जात, धर्म, क्षेत्र केही हुंदैन, सवैको रगत रातोनै हुन्छ र मानिस सवै एकै हुन त्यसैले जाती, धर्म भन्दा माथी उठेर सवै मानव एक हुनुपर्दछ” 
नेता केसीले एउटै रगत भएका मानिसहरु हिमाल, पाहाड र मधेश भनेर बिभाजन हुन नहुने बताउनुभयो । 
नेता केसीले संविधान दिवसको अवसरमा भ्रष्टाचार, बिकृति, बेबिचारलाई अन्त्य गर्न सवै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ यो देश सवैको साझा हो यदि नेपालमा समृद्धि ल्याउने हो भने बेथीति रोक्न सवै लाग्नुपर्दछ”
कार्यक्रममा नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डा मुक्ति श्रेष्ठले रक्तदान कार्यक्रमले बिरामीहरुलाई उपचारमा सहयोग पुग्ने बताउनुभयो । 
कार्यक्रममा बिपी स्मृति सामुदायीक अस्पतालका अध्यक्ष तथा प्रजातान्त्रीक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले बजारमा हल्ला गरिए जस्तो डेगुंको अहिले हाउगुजी गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । 
हाल सम्म डेंगुबाट ६  जनाको मात्र मृत्यु भएको बताँउदै डा. केसीले डेंगुको अनावस्यक प्रचारले जनतामा त्रास फैलीएको बताउनुभयो । 
बिपी स्मृति सामुदायीक अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. धनबहादुर रानामगरले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल चेम्बर अफ कर्मश प्रदेश नं ३ का अध्यक्ष कृष्णमान श्रेष्ठ, डा नारायण नरसिंह केसी, डा सुधार प्रसाद अधिकारी लगायले मन्तव्य राख्नु भएको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video