वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने
प्रमुख समाचार
Sep 20, 2019
‘संवैधानिक कर्मबाट संविधानको पालना गरौँ’
काठमाडौँ, असोज ३ गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान पालना गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा प्रदेश सरकारले आज आयोजना गरेको संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले कुनै पनि संविधान आफैँमा उत्कृष्ट र निकृष्ट नहुने भन्दै कार्यान्वयन महत्वपूर्ण रहेको भनाइ राख्नुभयो । संविधानको सुरक्षा गर्न सकेमात्र संविधानले जनताको सुरक्षा गर्ने बताउँदै उहाँले भन्नुभयो, “विधिमाथि मानिसले प्रहार गरेको खण्डमा राज्य असफलतातिर जान्छ, राष्ट्रमा अराजकता छायो भने राष्ट्रको अन्त्यसमेत हुनसक्छ, कानून र विधिमाथि खेलवाड गरेर कसैको प्रगति सम्भव छैन ।” मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको आलोचना गरिरहँदा थोरै मात्र भए पनि यसका सवल पक्षका बारेमा सबैले जानकारी राख्नुपर्ने बताउनुभयो । संविधानले राज्य शक्तिका स्रोत जनता हुन् भनेर व्याख्या गरेको उल्लेख गर्दै उहाँले पहिलोपटक संविधानमा सार्वभौम र राजकीय शक्ति जनतामा निहीत रहेको बताउनुभयो । प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानमा सबै वर्ग, जाति, क्षेत्र र लिङ्गका अधिकार र पहिचानलाई स्थापित गरेकाले असमानतालाई समानतामा बदलेर मौलिक हक सुनिश्चित गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उच्च अदालत पोखराका न्यायाधीश यज्ञप्रसाद बस्यालले मुलुकी संहिताको कार्यान्वयनमा सङ्घ, प्रदेश र स्थानीय तीनै सरकार लाग्नुपर्ने बताउनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले समारोहमा सहभागीलाई स्वागत गर्दै आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण रहेको बताउँदै संविधान दिवसलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । समारोहअघि शहीदचोकबाट शुरु भएको प्रभातफेरी राष्ट्र बैंकचोक, रत्नचोक, सिर्जनाचोक, सभागृहचोक हुँदै पोखरा सभागृहमा आयोजित समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री, मन्त्रीहरु, राष्ट्रसेवक कर्मचारी, तीनवटै सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था, विद्यार्थी, खेलाडी, विभिन्न जातिगत समाज, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video