प्रवासी खबर
Sep 23, 2019
धादिङका भरत सुवेदी कोरीयाको मोवाईल व्यापारमा चम्कंदै
रबिन थपलिया । काठमाण्डौं । असोज ६ । दक्षिण कोरीयाको सुवन सिटीमा रहेको सुवन मोवाईल पसलमा नेपालीहरुको निकै भिड लाग्ने गरेको छ । बिभिन्न ब्राण्डका नयाँ फोनहरु,लाइन फोन र सेकेन्ड ह्याण्ड फोन पाइने सुवन मोवाईलमा फोन किन्नकै लागि टाढा टाढा देखि नेपालीहरु पुग्ने गरेका छन् । एक बर्ष अघि खासै धेरै नेपालीहरु नपुग्ने सुवन मोवाईलमा अहिले भने नेपालीहरुनै धेरै फोन किन्ने ग्राहक बन्ने गरेका छन् । सुवन मोवाईलमा नेपालीहरुको भिड लाग्नुको कारण थियो नेपाली युवक भरत सुवेदी ।   
धादिङको थाँक्रे गाँउपालीका ७ घर भई बैदेशीक रोजगारीको लागि आज भन्दा ७ बर्ष अघि दक्षिणकोरीया पुगेका भरत सुवेदी कोरीयामा सार्वजनीक बिदाको दिनमा निकै व्यस्त रहने गर्दछन् । पसलमा अरु दिनको तुलनामा नेपाली ग्राहकहरु तथा उनका साथीभाईको भिड लाग्ने भएका कारण भरतको दैनिकी त्यसदीन निकै व्यस्त हुने गरेका छन् । 
रोजगारीको लागि ७ बर्ष अघि दक्षिणकोरीया पुगेका भरत सुरुमा बिल्डीङमा काम गर्ने गर्दर्थे । साथीहरुसंग निकै घुलमील गर्ने र मिलनसार भरतले कोरीयामा ७ बर्ष रहंदा धेरै नेपालीलाई साथी पनि बनाए । भरतको व्यवहारका कारण उनलाई धेरै साथीहरुले विश्वास समेत गर्दथे । भरतकै विश्वासका कारण कोरीयामा रहेका उनका साथीभाईहरुले उनि मार्फत मोवाईल समेत किन्ने गरेका थिए । भरत हाल कार्यरत रहेको सुवन मोवाईलबाट मासीक दर्जनौं फोनहरु खरीद गर्ने भरत एकाएक कोरीयनको निसानीमा परे । सामान किन्न पुग्ने ग्राहक भरतलाई मोवाईल पसलमानै काम गर्ने कोरीयनले प्रस्ताव समेत गरे । कोरीयनको प्रस्ताव अनुसार झण्डै एक बर्ष अघि भरत सुवन मोलाईलमा काम गर्न थाले । जब भरत सुवन मोवाईल पसलमा काम गर्न थाले मोवाईल पसलको व्यापार पनि निकै बढ्यो । भरत भन्छन् “कोरीयले मलाई त आएपछि लोट्रीनै प¥यो भन्छ, म संग निकै खुसी पनि छ”
भरतको काम प्रति निकै खुसी भएका सुवन मोवाईलका सञ्चालक कोरीयन नागरीक पोक्चीनले अहिले भरतलाई तलबी कामदार भन्दा पनि साझेदारको रुपमा राखेको छ । भरत भन्छन् “मैले पसलमा लगानीत गरेको छैन तर मलाई व्यापार भएको आधारमा उसले नाफा बाँडने गरेको छ ।”भरतका अनुसार उनले नाफाको आधारमा मासिक ४ लाख देखि ५ लाख सम्म कमाउने गरेका छन् । 
भरतका अनुसार हाल सुवन मोलाइलमा मासिक नयाँ फोन मात्र झण्डै तिन सय, सेकेन्ड ह्याण्ड मोवाईल ५ सय जती र ३ सय लाइन फोनहरुको व्यापार हुने गरेको छ । सुवन मोवाईल पसलबाट सवै भन्दा बढी मोवाईल किन्न बिदेशी नागरीक मध्य नेपाली पहिलो हुन्, त्यसपछि कम्बोडियन, पाकिस्तानी, बंगाली, उर्जेकीस्तानीहरु रहने गरेका छन् । व्यापार यति हुन्छ भन्ने एकिन नभएको भन्दै भरतले बार्षिक निकै राम्रो कमाई हुने बताए । पहिला मुस्कीलले दुई लाख कमाँउथें अहिले ५ लाख सम्म मासिक कमाई हुन्छ । 
भरतको परिचय व्यवसायमा मात्र सिमित छैन, लामो समय देखि सामाजीक अभियन्ताको रुपमा पनि उनको छुट्टै पहिचान छ । “एजुकेशन फर फ्युचर” नामक सामाजीक संस्था मार्फत भरतले धेरै परोपकारी कामहरु समेत गरेका छन् । असुरक्षित रुपमा टायर माथी तैरीयर खोला तनुपर्ने बालबालीकाहरुको बारेमा समाचार आएपछि धादिङको ज्योती मावि मा भरतकै पहलमा बालबालीकालाई सहयोग गरिएको थियो । बालबालीकाहरुलाई आधुनीक तरीकाको खोला तर्ने टयुब, स्टेशनरी सामग्री लगातका लाखौंका सहयोग गर्ने भरतका परोपकारी कामलाई धादिङबासीले भुलेका छैनन् । 
“एजुकेशन फर फ्युचर” संस्थाका पदाधीकारीहरु कोहि कोरीया नेपाल र अन्य देशमा भएका कारण संस्थागत रुपमा काम गर्न नसेपनि हाल कार्यरत सुवन मोवाइल पसलमार्फत पुन सामाजीक कामलाई निरन्तरता दिने सोच बनाएका छन् । भरतकै पहलमा सुवन मोवाईल पसलमा समस्यामा परेका दुखी तथा गरिब नेपालीहरुलाई सहयोग गर्नका लागि डोनेसन बक्स राखिएको छ । पसलमा आउने ग्राहक र पसल सञ्चालकले समेत उक्त डोनेसन बक्समा नियमीत रुपमा पैसा जम्मा गर्ने गरेका छन् । भरतका अनुसार बिभिन्न सामाजीक सञ्जाल र पत्रपत्रिकाहरुमा आएको समाचारको आधारमा पिडीतहरुको पहिचान गरेर उक्त रकम प्रदान गर्न सकिने छ । भरतका सामाजीक अभियान प्रति नमन गदै हाम्रो तर्फबाट सूभकामना छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video