विचार/अन्तरवार्ता
Sep 24, 2019
के विदेशीएका नेपालीहरुले बोल्नै नपाउने हो त ?
अनिलभक्त खरेल
आफनी धर्मपत्नी पवित्राकुमारी मैनालीको घच्घच्यायटका कारण झण्डै ९ वर्षको अन्तरालपछि नेपालमा भएका राजनीतिक विसंगतिका बारेमा ५।६ वटा लेख रचना के लेखेको थिए कसै कसैको निद हराम भयो । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धम्कीपुर्ण स्वरहरु आउन थाले । कोही कोही त अन्तर्राष्टिय अदालतमा मुद्दा हाल्छु भनेर डुक्री बसेका छन् । के यो नेपाल भन्ने देश सत्ताको स्वादमा रमेका सीमित व्यक्तिहरुले दाइजोमा पाएको हो कि उनीहरुको विर्ता हो ? के देश बाहिर रहेका जन्मजात नेपालीले त्यसबारेमा स्वस्थ आलोचना गर्न पाउँदैनन् ? के देश बाहिर रहेका करीव ८० लाख गैर आवासीय नेपालीहरुले बोल्न पाउँदैनन् ? के भारतीय नेता सीताराम यचुरीहरुले मात्रै परेड खेल्न पाउने हो ? के एस.डी. मुनी, होली वाइनहरुले मात्रै बोल्न पाउने हो ? के विदेशीयका नेपालीहरुले बोल्ननै नपाउने हो त ? हैनभने किन स्वस्थ आलोचना सहन सक्ने क्षमता छैन उनीहरुमा ? यदि आलोचना सहन सक्ने क्षमता छैन भने किन बस्नु पर्यो जिम्मेवार निकायमा छोडे भैगो नि ?। विदेशमा बस्ने नेपालीहरुले बोल्न नपाउने हो भने उनीहरुपनि कुवाको भयागुत्तो जस्तै त्यही रमाएर बसे भैगोनि । त्यसमा पनि अझ आप्mनो पुख्र्यौली थलोमानै गएर बसे भैगोनि किन शहरमुखी हुनु पर्यो ? गाउँबाट शहर पस्नु र शहरबाट विदेश पस्नु एकै हो । सबै गाँस, बास, कपास र सहज जीवनयापन गर्ने नाममा पलायन भएका हुन्छन् । कोही गाउँबाट पलायन भए कोही देशबाट पलायन भए फरक यत्ति हो । गाउँबाट पलायन भएपनि त्यो गाउँ ठाउँको जत्ति माया लाग्छ त्यो भन्दा बढी माया लाग्छ विदेशीएकालाई । किनकि उनीहरुलाई त गाउँठाउँका अलावा देशको पनि माया लाग्छ नि । यदि विदेशीएकाहरुले बोल्न नै नपाउने हो भने देशका विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्री, प्रधानमन्त्री, राष्टपति र विभिन्न निकायमा बसेर तर मारेकाहरु किन र के का लागि विदेश भ्रमण आउँछन् ? किन त्यही गैर आवासीय नेपालीहरुमाझ गएर डकार्छन् ? किन जनसम्पर्क समिति, प्रवासी मञ्च, पत्रकार संघ लगायतका शाखा संगठन खोल्छन् ? यी सबै बन्द गरे भैगोनि । स्मरण रहोस् जिमेवार निकायमा बसेर बारम्बार राष्टको दोहन गरिसकेका र गरिरहेकाहरुका छोराछोरीहरु यहाँ तथा यस्तै सम्पन्न राष्टमा स्थायी बसोवास गरिरहेका छन् । के उनीहरु राष्ट दोहन गरेर कमाएको पैसा थन्क्याउन आएका त हैनन् ? के यस्ता कुराको आवाज पनि हामीलेनै उठान गरिदिनुपर्ने ? हैनभने देशमा रहेका जिम्मेवार पक्षबाट यस्ता कुराको उठान हुनु पर्छ कि पर्दैन ? विदेश भ्रमण पश्चात नेपालले के पायो त यस्ता कुराको समिक्षा हुनु पर्छ कि पर्दैन ? पछिल्लो १ वर्षमा मात्रै २ अर्बभन्दा बढी रकम त विदेश भ्रमणका नाममा दोहन भएका छन् । २ अर्बले कति विकास हुन्थ्यो होला ? यस्ता अनावश्यक फजुल खर्च रोक्नु पथ्यो कि पर्दैनथ्यो ? यसबारेमा आवाज उठाउनु पथ्र्यो कि पर्दैनथ्यो ?
आज ऐन नियम त सानालाई मात्र भएको छ । मन्त्रीलाई प्रश्न सोधेका भरमा कोही थुनिन्छन् र कुटिन्छन् तर ठुलाले देशको ४ पटक प्रधानमन्त्री भएकालाई सार्वजनिक स्थलमा नै मान मर्दन गर्दा केही हुँदैन । ठुलाले सार्वजनिक स्थलमा नै कुनै अशक्त समुदायप्रति कटाक्ष गर्दा माफी पनि नमाग्नु पर्ने रे ? कस्तो बिडम्बना । भोली त्यस्तै गरी अरुले आवाज उठाए के हुने मानहानी ? कतै जिम्मेवार तहमा बसेकालाई ट्युसनको आवश्यकता त छैन ? हैनभने जिम्मेवार निकायमा बसेर कसैलाई होच्याएर बोल्न पाइन्छ ? यस्ता बकम्फुसे कुरा गर्नुको साट््टो यही बेलामा आप्mना श्रीमानका हत्याराहरुलाई पत्ता लगाउनतिर लागे पो बुद्दिमत्ता हुन्थ्यो कि ?। अनि पो साराले पत्याउने थिए । हालका विवादित मन्त्रीले लगाएको आरोप पनि याद होला नि उनलाई ? बरु त्यसको जवाफ दिएको भए हुन्थ्यो नि त्यो मञ्चबाट । स्मरण रहोस् हालका विवादित मन्त्री योगशले आप्mनो पुस्तक मार्फत विद्यालाई यस्तो आरोप लगाएका थिए “मदन आश्रितको हत्याकाण्डमा संलग्न भएका भनी आशंका गरिएका राजेन्द्र खेतानसंग विद्या भण्डारीको समुधर सम्बन्ध कायम भयो । खेतानकी माता बनेकी विद्याको औकातमा एक्कासी वृद्धि भयो र विद्याले माताजीको नामबाट राजेन्द्र खेतानसंग प्राडो गाडी र करोडौं रुपैयाँ लिइन् ।” यसबारे योगेश र विद्यालाई नै थाहा होला । यस्ताबारे नेपालका जिम्मेबार निकाय बोल्नु पर्छ कि पर्दैन ? उनीहरु बोलुन् हामी सुनेर मात्र बसौला । कसैको पत्रकार सम्मेलनमा पार्टीका लठैतबाट भएका आक्रमण विरुद्ध आवाज उठाउन् हामी सुनेर बसौला । निमुखा जनताको आवाज बनुन् हामी हेरेर बसौला । भ्रष्टचार विरुद्ध आवाज उठाउन् हामी चुप लागौला । हरेक क्षेत्रमा समानता गरुन् हामी चुप लागौला । राज्यबाट बाँडिने सम्मान, पुरस्कार समान रुपले बाँढुन् हामी हेरेर मात्र बसौला । देशबासीलाई सुखी र खुशी बनाउन् हाम्रो कामना र चाहना यत्ति हो । भाग खोस्ला भनेर नडराए हुन्छ । सबैले आआप्mनै भाग खाने हो । 
हैनभने कसैको बोलीमाथि बन्देज लगाउँछु भन्नेले बुझुन् कि ४ वर्ष अगाडि अमेरिकी राष्टपतिका उम्मेदवार डोनाल्ड ट्र्म्पलाई सारा विश्वभरका मिडियाले खिसि टिउरी गरिरहेका थिए । उनलाई जोकर र ब्रोकर समेत भनिएको थियो तर उनले यसको केही प्रवाह गरेनन् र पछि राष्टपतिमा निर्वाचित भए । तर आज टुप्पोबाट उम्रेकाहरु स्वस्थ आलोचना सुन्न चाहँदैनन् र सक्दैनन् पनि । उनीहरुले बुझुन् कि मानिसको लोकप्रियता समाचारको शब्दहरुमा हैनन् कि जनताको मनभित्र हुँदोरहेछ । उनीहरु पनि त्यही जनताको मनको आवाज बोल्ने हिम्मत राखुन् हामी चुप लागौला । हैनभने विश्वको शक्तिशाली राष्टका राष्टप्रमुखका बारेमा त बोल्न पाइने अन्तर्राष्टिय कानुन भएको अवस्थामा कसैलाई मानसिक तनाव नदिने हो कि ? स्मरण रहोस् अन्तर्राष्टिय पत्रकार महासंघ (आइएफजे) ले वाक स्वतन्त्रतालाई पहिलो प्राथमिकतामा राखेको छ त्यसपछि मात्र स्वतन्त्र पत्रकारितालाई ।  यसकारण कसैको वाकस्वतन्त्रता बन्देज गर्ने काम भयो भने बरु उल्टै त्यो मुलुक कालोसुचीमा पर्ला त्यतातिर पो सोच्ने हो कि ? होसियार ।
हुन त महत्वपुर्ण ठाउँमा बस्न पुग्दा लाछि पनि सुरो हुन्छ । स्थान महत्वपुर्ण कुरा हो बल मुख्य कुरा हैन । जस्तै नालायक, निकम्मा, पिण्डरोगीहरु पनि पदमा पुगेपछि गर्जन्छन् । त्यसैको आडमा गर्जेका हुन् हामी रत्तिभर बिचलित हुनेछैनौं । उनीहरुले बुझुन् कि पद र स्थानमात्रै होइन सबैकुरा अस्थाइ र परिवर्तनशील छन् । पदमा हिजो अर्कै थियो, आज अर्कै छ र भोली अर्कै हुनेछ । अस्तु । भर्जिनिया, अमेरिका
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video