मनाेरञ्जन/रोचक
Sep 25, 2019
मिस मुस्ताङको उपाधि मेलिनालाई
मुस्ताङ, असोज ८   मिस मुस्ताङ २०७६ को उपाधि मेलिना थकालीले जितेकी छन् । घरपझोङ गाउँपालिका–३ स्याङ्की २० वर्षीया थकालीले अन्य आठ जना प्रतिस्पर्धीलाईपछि पार्दै मिस मुस्ताङको ताज पहिरिएकी हुन् । थाक खेलकूद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको सो प्रतियोगितामा थासाङ गाउँपालिका–५ ताक्लुङ्की मनिषा हिराचन फस्ट रनरअफ र जोमसोमकी एलिना थुरुङ सेकेण्ड रनरअप भएको संस्थाका कोषाध्यक्ष शर्मिला गुरुङले बताउनुभयो । जोमसोमको जनहित बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत थकालीले समाजसेवा र अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने रुचि भएको बताउनुभयो । विजयी थकालीलाई मिस मुस्ताङको क्राउन पहिराउनुका साथै नगद रु दश हजार प्रदान गरिएको छ । गत शनिबारदेखि शुरु भएको ४९औँ थाक खेलकूद च्याम्पीयनसीप प्रतियोगिता मङ्गलबार साँझ समापन भएको छ । सो अवसरमा आयोजित महिला र पुरुष भलिबल प्रतियोगितामा थासाङ गाउँपालिका–३ लेतेको निर्मल स्पोटिङ युवा क्लब विजयी भएको छ । पुरुष भलिबलमा लगातार तीन वर्ष प्रतियोगिता जितेको निर्मल स्पोटिङले रनिङ शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ । पुरुष भलिबलमा ताक्लुङको अन्नपूर्ण युवा क्लब र महिला भलिबलमा धौलागिरि युवा क्लब कोवाङ दृतीय भएका संस्थाका सचिव दीपक लालचनले बताउनुभयो । पुरुष भलिबलको विजेता र उपविजेताले रनिङ शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद चालीस हजार र रु २५ हजार प्राप्त गरेका छन् । महिला भलिबलको बिजेताले रु २५ हजार र उपविजेताले रु पन्ध्र हजार हात पारेका छन् । आर्चरी खेल प्रतियोगितामा मिलिजुली युवा क्लबमार्फ प्रथम र निलगिरि युवा क्लब टुकुचे दितीय भएका छन् । नृत्य प्रतियोगितामा जोमसोमको जनहित युवा क्लब प्रथम र सिक्स सोल्टी युवा क्लब घाँसा दितीय भएका छन् । घरपझोङ र थासाङ गाउँपालिकाका–८क्लबले प्रतियोगितामा सहभागिता जनाएका आयोजक संस्थाका अध्यक्षसमेत रहनुभएका प्रदेश सांसद चन्द्रमोहन गौचनले बताउनुभयो । लेतेका भलिबल खेलाडी सनिष तुलाचन सर्वोकृष्ट भएका छन् । थाक खेलकूद प्रतियोगिता तल्लो मुस्ताङमा ४९ वर्षदेखि निरन्तर आयोजना हँुदै आएको छ । सो अवसरमा आयोजित कृषि मेला प्रदर्शनीमा १७९ जना कृषकले सहभागिता जनाएका थिए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video